मनकामना पोखरा कप: किपर चम्किँदा एपीएफ फाइनलमा, पाहुना टोली जापानी टीम टाइब्रेकरमा स्तब्ध

मनकामना पोखरा कप: किपर चम्किँदा एपीएफ फाइनलमा, पाहुना टोली जापानी टीम टाइब्रेकरमा स्तब्ध

apf

पोखरा । गोलरक्षक राजु नगरकोटीको उत्कृष्ट प्रदर्शनले एपीएफ मनकामना केबुलकार पोखरा कपको फाइनलमा पुगेको छ । जापानबाट नेपालमा पहिलो पटक खेल्न आएको रोश्सी यूनिर्भसिटीको टिम विरुद्ध नगरकोटी चुम्कझैं खडा भए ।

खेलको पूर्ण अवधी र त्यसपछि थपिएको ३० मिनेटसम्म नगरकोटीले जापानी प्रहारहरुलाई जोगाइनै रहे । एपीएफले अन्ततः टाइब्रेकरमा जापानको रिश्सो युनिभर्सिटीको टीमलाई ४–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

वर्षाका कारण एक दिन स्थगित गरी शुक्रबार हिलाम्य मैदानमा खेलाइएको प्रतिष्पर्धामा जापानी टिम लोभलाग्दो प्रदर्शनीबीच पनि फाइनल यात्रा तय गर्न असफल बन्यो । उसका दर्जनौं प्रहारले लिगको पाँचौ स्थानमा रहेको विभागीय एपीएफको डिफेन्स चिर्न सकेन ।

उता, पेनाल्टी सुटआउट समेत उत्कृष्ट बचाउ गरेका एपीएफ कीपर नगरकोटी म्यान अफ दी म्याच घोषित भए । पाहुना टोलीबाट नातसुकी ताकेदाको पहिलो प्रहार नगरकोटीले बचाएका थिए भने तेस्रो प्रहार गरेका आकिरा इमामुरोले पेनाल्टी प्रहार क्रस बार बाट बाहिरिन पुगेको थियो ।

निर्धारित ९० मिनेटको खेलमा गोलको जालो बुन्न नसकेपछि एपीएफको टाइब्रेकरमा पु¥याउने रणनीति अन्ततः सफल भयो । एपीएफबाट सुदीप सिंखाकार, आशीष लामा, राजीव लोप्चान र राजु नगरकोटीले पेनाल्टीमा गोल गरेका हुन् । जापानका क्याप्टेन ताकुया हितोमीले प्रहार गोलमा परिणत भएको थियो ।

जितपछि एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले खेलमा आफूले सोचे जस्तै रणनिती पूर्ण रुपमा सफल रहेको र विपक्षीलाई रोक्ने प्रयास पनि सफल रहेको हुनाले फाइनलमा स्थान पक्का गरेको बताए ।

जापानीज टिमका कोच टुकुरियो ताकेसीले आफ्नो टिमको रिबाउण्ड बलमा आफूहरु कमजोर र विपक्षी वीन हुँदा स्कोर हुन नसकेको बताए । नेपालमा दुई विभागीय टीम नेपाल पुलिस र एपीएफसँग खेल खेलेको उसले नेपालकी फुटबल कौशल राम्रो रहेको बताए ।

शनिबार मनाङ र क्यामरुनको डफिन्स क्लबका विच दोश्रो सेमीफाइनल खेल हुने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

तस्विरः गोलनेपाल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ