नयाँ दिल्ली — भारतको एक २७ वर्षीय युवाले आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी थालेका छन् । मुम्बईका व्यवसायी राफेल सामुयलले जीवनभरका लागि विभिन्न दु:ख कष्ट झेल्नुपर्ने भएकाले बच्चा जन्माउनु गलत भएको बताए । उनले कुनै पनि ‘व्यक्ति जन्मिनुअघि उसको सहमति लिन नसकिने स्वीकार गर्छन् ।
सामुयल ‘आफू जन्मनका लागि कसैलेपनि निर्णय नलिने’ दाबी गर्छन् । उनी अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट छन् । ‘हामीले आफूलाई जन्माउनका लागि कसैसँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्तिस्वरुप केही रकम दिनैपर्छ,’ उनले भने ।
सामुयलले आफ्ना आमाबुवालाई निकै माया गर्ने तर उनीहरूले आफ्नो स्वार्थको लागि आफूलाई जन्म दिएको उनको दाबी छ । उनले भने, ‘मेरा आफ्ना आमाबुवासँग निकै राम्रो सम्बन्ध छ । म उनीहरूलाई निकै माया गर्छु । तर उनीहरूले आफ्नो स्वार्थका लागि मलाई जन्माए ।’ उनका आमाबुबा दुवै वकिल हुन् ।
उनले आफू व्यवसायमा संलग्न भएको र जीवनयापन सहजरुपमा चलिरहेको बताए । ‘तर बच्चा जन्माउनु भनेको एक प्रकारको दासता हो,’ उनले भने, ‘म एक जीवनलाई किन विद्यालय, अध्ययन, व्यापार, काम, करियर, आदिको झमेलामा फसाऊँ ?, उनी भन्छन् ।
उनकी आमा कभिता कर्नाड सामुयलले विज्ञप्तिमार्फत छोरा असहमतिप्रति प्रतिक्रिया जनाएकी छन् । उनले भनेकी छन्, ‘आफ्ना वकिल आमाबुबालाई अदालतमा लैजाने मेरो छोराको निर्णयको म प्रशंसा गर्छु । यदि उसलाई जन्माउनुपुर्व सहमति लिन सम्भव थियो भन्ने तर्कसंगत व्याख्यासहित आए म गल्ती स्विकार्न तयार छु ।’ सामुयल ‘एन्टी नटालिजम’ दर्शनमा विश्वास गर्छन् । उक्त दर्शनका अनुयायीहरू जीवन पूर्णरुपमा पीडामय हुने भएकाले जन्मको विपक्षमा हुन्छन् ।
एन्टी नटालिजम’ अनुसार कसैलाई जन्माउनु भनेको उसको इच्छा विपरीत दुखद जिन्दगी उसको टाउकोमा थोपर्नु हो । उक्त दर्शनमा संलग्न मानिसहरू आफ्ना आमाबुबासँग ‘मलाई किन जन्माएको ?’ भनेर सोध्नुपर्ने बताउँछन् । उनले आफू ५ वर्षको हुँदा ‘एन्टी नटालिजम’ दर्शन दिमागमा आएको बताउँछन् ।
उनले करिब एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा खोलेको ‘निहीलानन्द’ नामको खातामा विभिन्न प्रश्न सहितका तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले पोस्ट गरेका तस्बिरहरूमा ‘मैले पीडा किन बेहोर्ने?, मैले किन काम गर्ने?, म किन ट्राफिक जाममा फस्ने?, मैले किन युद्धको सामना गर्ने?, मैले किन पीडा वा डिप्रेसनको सामना गर्नुपर्ने?, मैले किन मेरो इच्छाविपरित विभिन्न कार्य गर्नुपर्ने?’ लगायतका प्रश्न लेखिएका छन् ।
ती तस्बिरहरूमा निकै धेरै मानिसहरूले प्रतिक्रिया दिएका छन् । त्यसमध्ये अधिकांश नकारात्मक छन् । कतिपयले उनलाई ‘आत्महत्या गर’ भन्ने सुझाव समेत दिएका छन् । तर उनीभने आफूले सस्तो प्रचारका लागि नभई यस्तो विचार आम मानिसहरूमा पैदा होस भन्नका लागि उक्त निर्णय लिएको बताउँछन् । ‘मानिसहरूलाई बच्चा नजन्माउनुहोस भन्नका लागि यो सबैभन्दा सजिलो उपाय हो,’ उनले भने ।
-कान्तिपुर डेलीबाट ।
सम्बन्धित खबर
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु