मोटरसाईकल सिक्ने क्रममा भिरबाट खसेर २४ वर्षीय मिलनको ज्यान गयो

मोटरसाईकल सिक्ने क्रममा भिरबाट खसेर २४ वर्षीय मिलनको ज्यान गयो

bike

धनकुटा । मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा धनकुटामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ वर्षीय मिलन कार्की रहेका छन् । धनकुटाको चौविसे गाउँपालिका-८ का कार्कीको मोटरसाईकल सिक्ने क्रममा भीरबाट खसेर मृत्यु भएको बताइएको छ ।

मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

यस्तै, उक्त प्रदेश नम्बर १ मै पर्ने तेह्रथुममा घर छाउने क्रममा लडेर २८ वर्षीय बेदप्रकाश लिम्बूको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ