तनहुँमा दिनदिनै दुर्घटना, बस र ट्रक ठक्कर खाँदा ५ घाइते

तनहुँमा दिनदिनै दुर्घटना, बस र ट्रक ठक्कर खाँदा ५ घाइते

tanahun-chirkini-accident

तनहुँमा दिनदिनै दुर्घटना भएको छ । व्यास नगरपालिका १२ तल्लो छिर्कनेमा शुक्रवार बस र ट्रक एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

डुम्रेतर्फबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ४०४० नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख २३९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका २ का ६२ बर्षिय इन्द्र प्रसाद भुषाल, गैडाकोट नगरपालिका १ का २३ बर्षिया आशा रुवाले, ३५ बर्षिया श्रीमाया गुरुङ, ५२ बर्षिया इश्वर प्रसाद भट्टराई र ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १६ बस्ने २३ बर्षिय नारायण श्रेष्ठ रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । विहिबार राति मात्रै धयरेमा माइक्रो र स्कार्पियो ठक्कर खाँदा २० जना घाईते भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds