मुस्ताङ । हिमालपारीको सुन्दर र पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउपालिका- ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गरेको छ। मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्राय पर्यटकहरू ढुम्बा ताल अवलोकन गर्न पुग्ने गरेका छन्।
पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो। पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको सुन्दरताको दर्शन गर्नेको घुँइचो लाग्न थालेको छ ।
समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।
जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ। निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हिजो आज जमेको छ। जमेको तालमा युवाहरू तस्बिर खिचाउन जान थालेका छन्।
सोम थकालीले खिचेका केही तस्बिरहरू:
सम्बन्धित खबर
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
पत्रकार महासंघ मुस्ताङमा सुनदेवी निर्विरोध
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए