कास्कीमा भोलि सरकारी गाडी चल्न नदिने, २६ गतेदेखि स्कुल बन्द

कास्कीमा भोलि सरकारी गाडी चल्न नदिने, २६ गतेदेखि स्कुल बन्द

Nebi sang

पोखरा । विद्यार्थी रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले कास्कीमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा छ । बुधबार नै ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।

उनका अनुसार विहिबार पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने तथा शुक्रबार कालोपट्टी सहित प्लोकार्ड लिएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । आफ्ना माग सुनुवाई नभए शनिबारदेखि अनिश्चित कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ ।

मंगलबार नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रममा केन्द्रिय सदस्यहरु ढकालसँगै गोपाल गुरुङ र देवकृष्ण पराजुलीले पनि हस्ताक्षर गरेका छन् । सार्वजनिक विदाका दिन चलाईएको भन्दै गएको शनिबार नेविसंघले पोखरा महानगरको गाडी जलाएको थियो । त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

DNA Nepal

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ