पोखरा । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी मनकामना पोखरा कपको सेमिफाइनल प्रवेश गरेको छ । ब्रिगेड ब्वाइज विरुद्ध मनाङले टाईब्रेकरमा जीत निकालेको हो । आजको खेलसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । मनाङसँगै जापानको रिस्सो युनिभर्सिटी, क्यामरुनको डफिन्स फ्यामिली र सशस्त्रको एपीएफ सेमिफाइनल पुगेका छन् । मनाङले दोस्रोे सेमिफाइनल क्यामरुनको टोलीसँग र विहीबार पहिलो सेमिफाइनल जापानी टीम र एपीएफबीच हुनेछ ।
बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा बिग्रेड ब्वाईजलाई टाईब्रेकरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चार प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीको तर्फबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । बिग्रेडका ऋतिक खड्काले खेलको १६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
खेलको ६७ औं मिनटमा ओलावालेको हेड पासमा मनाङका बिमल रानाले गोल फर्काए । ८८ औं मिनेटमा डि बक्स बाहिर ब्रिगेडका किपर लक्की कार्कीले बल क्लियर गर्न खोज्दा हातले छोएपछि रेफ्रि प्रकाश नाथ श्रेष्ठले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । बुधबार भएको खेलमा मनाङका गोल रक्षक विशाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका थिए ।
१० जनामा सीमित बिग्रेडले थप गरिएको ३० मिनेट सम्म पनि मनाङलाई गोल गर्ने कुनै अबसर नै दिएन । पेनाल्टी प्रहारमा ब्रिगेडका पदम भट्टराइको बल विशालले नचुकाउँदा मनाङका लागि सेमीफाइनलको यात्रा तय गरायो ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले विग्रेडलाई सजिलो टिमको रुपमा बुझ्दा जित कठिन रुपमा आएको बताए । आफ्ना केही खेलाडी घाइते भएको र मैदान छिरेका खेलाडी पनि थकित भएका कारण खेल सोचे जस्तो नभएको र बिग्रेडका यूवा खेलाडीले पनि निकै राम्रो खेल प्रर्दशन गरेको बताए ।
ब्रिगेडका प्रशिक्षक सुबित कार्कीले मनाङ जास्तो टिम संग आफ्नो टिमले उत्कृष्ट प्रर्दशन गरेको बताए । १० जना खेलाडीले पनि अन्तिम समय सम्म निकै चुनौति पस्किएको र आफ्ना विदेशी खेलाडी वर्क पर्मिटका कारण खेल्न नपाउनुले पनि नतिजा सुम्पिनु परेको बताए ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा जापानको रिस्सो युनिभर्सिटी र विभागीय नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
तस्विरः खेलदैनिक डटकम
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने