काठमाण्डौ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, पोखरा विश्वविद्यालय उपत्यका कमिटि गठन भएको छ । मंगलबार भएको भेलाले बामदेव रानाको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति रहेको कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षद्वयमा कमल यादव र धिरेन्द्र ठगुन्ना, सचिवमा माधव केसी, सहसचिवहरु किरण बटाला, शैलेष कुमार धानुक, अस्मिता न्यौपाने र कोषाध्यक्षमा संगीत तामाङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी स्पोर्टस् एकेडेमी, केन्द्रिय कमिटि महासचिव बचन देउजाले युवा जोश र जाँगरका साथ गतिविधि अघि बढाउन शुभकामना प्रकट गरे ।
कार्यक्रममा अनेरास्ववियु सचिवालय सदस्य एवं एकेडेमी उपत्यका विशेष कमिटि संयोजक नारायण घर्ती, उपत्यका विशेष कमिटि सचिव सञ्जय दुवाडी, अनेरास्ववियू केन्द्रिय सदस्य निश्चल ढुंगेल, अनेरास्ववियू केन्द्रिय विज्ञान प्रविधि विभाग सचिव विनोद खुलाल बस्नेत, अनेरास्ववियू जिल्ला उपाधयक्ष राजकुमार ढकाल, युवा संघ केन्द्रिय सदस्य नरेश गिरी, ओम कृष्ण प्रसाईं लगायतको उपस्थिति थियो ।
डम्बर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बामदेव रानाले गरेका थिए ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम