तनहुँ । तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ चिसापानी (डुम्रे बजार नजिक)बाट मंगलबार लागुऔषध सहित ३ जना पक्राउ परेका छन । यसरि पक्राउ पर्नेहरुमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष २६ को ईन्द्र बहादुर बाचे मगर, भानु नगरपालिका वडा नं. १ बस्ने बर्ष ३० को बहरुल अमिन मियाँ र धादिङ गल्छी गाउँपालिका वडा नं. १ बस्ने बर्ष २४ को भुपेश अधिकारी रहेको प्रहरीले जनाएको छ ।
दिउसो ५ बजेको समयमा संकास्पद रुपमा भेटिएका ईन्द्र बहादुर बाचे मगर, बहरुल अमिन मियाँ र भुपेश अधिकारीको शरिर तलासी लिदा ईन्द्र बहादुर बाचे मगर पक्राउ परेका हुन् । उनीहरुको साथबाट डाईजेपाम सिसि २ एम्पुल, फेनरागन सिसि ४ एम्पुल र नुफिन सिसि १ एम्पुल फेला परेको थियो ।
उनिहरुसँग प्रहरीले थप सोधपुछ तथा अनुसन्धान गर्दा बहरुल अमिन मियाको कोठा भित्र लागु औषध लुकाई राखेको भनि खुलाएकाले तत्काल उनिहरुलाई साथमा लिएर बहरुल अमिर मियाको घर कोठा खानतलासी लिने क्रममा कोठा भित्र लुकाई छिपाई संचय गरी राखेको अबस्थामा डाईजेपाम सिसि ६ एम्पुल, फेनरागन सिसि ६ एम्पुल, नुफिन सिसि ६ एम्पुल र ट्रमाडोल क्याप्सुल २३० वटा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त लागु औषध बरामद गरी लागु औषधको संचय तथा ओसार पसार कारोबार गर्ने ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी तनहँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते