किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटारमा आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाउने दिदि सहित ३ जना पक्राउ परेका छन् । घटना भएको दुइ महिना भन्दा बढी समयपछि प्रहरीले घटनामा संलग्न तिन जनालाई पक्राउ गरेको हो । भानु नगरपालिका वडा नं ९ काउरेटारमा मृत अवस्थामा भेटिएका राजु वि।क।को हत्या भएको पुष्टी भएको छ । काउरेटार निवासी मृतक बर्ष २६ को राजु बि.क. भएको प्रहरी अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विकको मृत्युको सम्बन्धमा अनुसन्धान गर्दा मृतकलाई उनको दिदी मन कुमारी बि।क। समेतले गत मङ्सिर १२ गते राती कुटपिट एबं चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसी कर्तब्य गरी मारेको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुले सोही राती घर नजिकै रहेको ईनारमा लगेर फाली माथीबाट ईनारको ढकन लगाएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. २ स्थायी घर भएर हाल तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटार बस्ने बर्ष २८ की मन कुमारी बि.क., लमजुङ दोर्दी गाउँपालिका वडा नं। ३ लामागाउँ स्थायी घर भएर हाल तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटार बस्ने बर्ष २४ को आयुष बि.क. र लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. २ स्थायी घर भएर हाल तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटार बस्ने बर्ष ३५ की मन माया बि.क. रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत माघ २१ गरे सोमबार भानुको काउरेटारमा राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडीगली दुर्घन्धित अबस्थामा फेला परेको थियो । सो जानकारी प्राप्त भएपछी उक्त स्थानमा प्रहरीको अनुसन्धान टोली खटिई गई घटनास्थलको जाँचबुझ गरी ईनारबाट लास निकालिएको थियो ।
उक्त घटनामा संलग्न ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते