ऐजेन्सी । फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । इन्स्टाग्राम र भाइबरमा पहिल्यै यो फिचर छ ।
यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ । तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । पठाएको १० मिनेट भित्रमा मात्रै डिलिट गर्न चाहेको मेसेज प्रापकले नदेख्ने गरी हटाउन सकिने छ । नत्र सो मेसेज पाउने व्यक्तिको च्याटबक्सबाट हट्ने छैन् । इन्स्टाग्राममा जहिल्यैपनि डिलिट गर्न पाइन्छ र पाउने व्यक्तिले म्यासेज डिलिट गरेको थाहा पनि पाउँदैन भने भाइबरमा पनि जहिल्यै पनि डिलिट गर्न सकिन्छ तर पाउनेले म्यासेज डिलिट गरेको थाहा पाउँछ ।
फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो च्याटबक्समा भने यो फिचर लामो समयदेखि नै उपलब्ध राखेका थिए । जुकरबर्गले कसैलाई पठाएका मेसेजहरु प्रापकको च्याटबक्सबाट समेत हटाइदिने गरेको कुरा सार्वजनिक भएसँगै फेसबुक प्रयोगकर्ताहरुले यस्तो फिचर सबैका लागि उपलब्ध गराउन माग गरेका थिए ।
त्यसपछि मंगलबार आएर फेसबुकले यो फिचर सबै फेसबुक प्रयोगकर्ताका लागि सार्वजनीक गरेको हो ।तर सबै प्रयोगकर्ता हरुमा यो फिचर अपडेट हुन केहि समय लाग्ने जनाइएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर