महेन्द्र जिसी, पर्वत । बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका – १४ कटुवाचौपारीका तीन दलित बालबालिकालाई ५ आना घडेरी उपलब्ध गराइएको छ । बाबु आमा नहुँदा सहारा बिहीन भएका बिशाल, बिवेक र बिश्वास परियारलाई सोमबार प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लालपुर्जा हस्तान्तरण गरे ।
प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा जिल्लाको शान्ति सुरक्षा देखि नागरिकता, राहदानी सम्मका काम सम्पादन गर्छन् । आफ्नो काम यतिमा मात्रै सिमित नराख्ने पर्वतका प्रजिअ ढकालको पहलमा अनाथ वालवालिकहरुलाई जग्गा उपलब्ध गराइएको हो । ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी खोजेर घडेरी पास गरिदिएका हुन् ।
कुश्मा नगर पालिका ९ निवारी अनाथ वालवालिकाको स्थाई आवसको लागि ५ लाख मुल्य बराबरको जग्गा उपलब्ध गराई दिएको प्रशासनले जनाएको छ । तीन बालबालिकाको बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोबास र शिक्षा दिने कुरामा पहल गर्ने रुची जागेर आफ्नो पहलमा जग्गा उपलब्ध भएको ढकालले बताए ।
जग्गाको लालपुर्जा हस्तान्तरण भईसकेको बताउँदै प्रजिअ ढकालले अनाथहरुको लागि आवास बनाउन पहल गर्ने बताए । जनस्तरबाट पनि ढकालको कामलाई प्रशंसा गरेका छन् ।
सम्बन्धित खबर
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
पर्वतका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता