पोखरा । गत शनिबार गाडी जलाएको आरोपमा नेविसंघका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये २ जना छुटिसकेका छन् भने बाँकी ३ जनालाई मुद्धा चलाईएको छ । हिरासतमा रहेका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलको रिहाई माग गर्दै नेविसंघले मंगलबार पार्टी कार्यालय अगाडी चिप्लेढुंगामा केही बेर चक्काजाम गरेरै प्रदर्शनमा उत्रिए । लक्ष्मी प्रसाद पौडेल र राजेन्द्र बराल भने छुटिसकेका छन् ।
आन्दोलनरत विद्यार्थीहरुले आजै मुख्यमन्त्री कार्यालय सहित दुईवटा सरकारी गाडी नियन्त्रणमा लिएका छन् । मुख्यमन्त्री कार्यालयको बा २ झ १३६३ र जिल्ला अदालत कास्कीको बा १ झ ८१५९ नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । मुख्यमन्त्री कार्यालयको गाडी पृथ्वीचोकमा छ भने अदालतको गाडी चिप्लेढुंगामा छ । विद्युत कार्यालयको बा १ झ १७० नम्बरको गाडी पनि नियन्त्रणमा लिएका थिए ।
तर अर्को चावी प्रयोग गरेर गाडी लगिसकेका छन् । नेविसंघ केन्द्रिय सदस्य भानु ढकालको नेतृत्वमा गएको टोलिले गाडी कब्जाा लिएको हो । समयमै रिहाई नगरे अझै कडा आन्दोलन थाल्ने उनले चेतावनी दिए ।
यसैबीच, विद्यार्थी रिहाईको माग गर्दै नेपाली काँग्रेस कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो चरणमा विभिन्न निकायमा डेलिगेसन जाने र त्यसपछि पनि रिहाई नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने काँग्रेस कास्कीले जनाएको छ । सोमबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरेको सभापति कृष्ण केसीले जानकारी दिए । सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै नेविसंघले केहीदिन अघि पोखरा महागरपालिकाको शिक्षा शाखाको गाडी जलाएको थियो ।
डिएनएनेपालको सहयोगमा
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो