टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट टोलीलाई प्रतिव्यक्ति ५ लाख

टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट टोलीलाई प्रतिव्यक्ति ५ लाख

Cricket

काठमाडौँ : युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली नगदसहित सम्मान गर्ने निर्णय गरिएको खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।

मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको पनि बताए । ‘अहिलेको अवस्थामा खेलाडीलाई ५० लाख रुपैयाँ दिन सकिँदैन’, पाँच लाख मात्रै दिइएकोबारे पत्रकारको प्रश्नमा उनले भने, ‘तर हामी खेलाडीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर छौँ ।’

राष्ट्रिय खेलकुद परिषद्ले दुवै फर्म्याट्को सिरिज जितेर फर्किएको क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिनुपर्ने सिफारिस सोमबार मात्रै गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ