महेन्द्र जिसी, पर्वत । सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ । विगतमा सवारी साधनका कागजात मात्र जाँच गरेर सवारी चेक जाँचको अभ्यास गर्दै आएको पर्वत ट्राफिकले अहीले सवारीका पाट पुर्जाको अवस्था र ओभरलोडको अवस्थाको बारेमा जानकारी माग्न लागेको हो ।
सोमबार बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म कुश्मा नगरपालिका ६ शिवालय चोकमा प्राबिधिक सहित पुगेको ट्राफिक प्रहरीको टोलीले ५५ ओटा सवारी साधनहरुको अवस्थाका बारेमा परीक्षण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले दिएको जानकारी अनुसार ट्राफिक प्रहरीको टोलीमा सवारीका मेकानिकहरुलाई समावेश गराएर सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरिएको हो ।
चेकजाँचका क्रममा बिभिन्न ८ ओटा सवारी साधनहरु ठीक अवस्थामा नरहेको पाईएको छ । कतिपय सवारीको ३ ओटा र केहीको त्यो भन्दा कम पट्टाहरु भाँचिएको, तेलको ट्याङकी भुईँमा खस्न लागेको र टाईरेक्ट बीम अर्थात स्टेरीङ घुमाउँदा टायर मोड्ने डण्डीको नटहरु खसेर सवारी दुर्घटनाको उच्च जोखिममा रहेको पाईएको छ ।
ठीक अवस्थामा नरेहका सवारी साधनहरुलाई कारबाही स्वरुप राजश्व तिराईएको र तुरुन्त मर्मत गर्न लगाईएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताए । ठीक अवस्थामा नरहेका सवारीका यात्रुहरुलाई अन्य सवारीमा सारेर गन्तब्यमा पठाईएको थियो ।
सम्बन्धित खबर
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पर्वतमा सामुदायिक वनमा आगो लगाउने २ जना पक्राउ
पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो