तनहुँ । व्यास १ भादगाँउ स्थित जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम सेढाईले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणार्थ सोमवार ५ हजार ५ सय ५५ सहयोग गरेका छन् ।
तीन दिन अघि मात्रै जलदेवी माविको प्रअमा नियुक्त भएका सेढाईले पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यलाई सो रकम हस्तान्तरण गरेको पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेलले जानकारी दिए ।
महासंघ तनहुँको निर्माणाधिन भवनका लागि मद्दत पुर्याउने अभिप्रायले उक्त रकम सहयोग गरेको गरेको प्रअ सेडाईले वताए । राज्यको चौथो अंग पत्रकार जगतको साझा संस्थालाई सहयोग गर्न पाउदा खुशी लागेको उनले वताए । पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्यले सहयोग प्रति आभार प्रकट गर्दै भवन निर्माणमा सहयोग पुर्याईदिन जिल्ला स्थित स्थानीय सरकार एवं सम्पूर्ण जिल्लावासीहरुलाई आग्रह गरेका थिए ।
सोही विद्यालयमा कार्यरत वरिष्ठ अंग्रेजी मा.वि. शिक्षक जयराम सेढाई हालै प्रधानाध्यापकमा नियुक्त भएका हुन् । व्यास नगरपालिका शिक्षा नियमावली २०७४ को परिच्छेद ९ र दफा ५० तथा संशोधित परिपत्र २०७५।०६।१४ मा व्यवस्था भए अनुसार सेढाई लाई शुक्रवार बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले प्रधानाध्यापक पदमा नियुक्त गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर बहादुर दरैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निवर्तमान प्रधानाध्यापक रोहिणीराज पौडेलले सेढाईंलाई प्रधानाध्यापकको पदमा पदस्थापना गराउँदै आगामी दिनमा विद्यालयले नयाँ फड्को मार्न र सफल कार्यकालको शुभकामना दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर बहादुर दरैले व्यवस्थापन समिति, अभिभावक, शिक्षक कर्मचारी र सम्पूर्ण विद्यार्थीहरुको सहयोग लिएर विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका थिए।
शिक्षक चिजकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त पदस्थापन कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर बुढापृथी, विद्यालय व्यवस्थापन समितिका सदस्य होम बहादुर बस्नेत, प्रा.वि. इन्चार्ज धनराज हड्खले र अन्य शिक्षक शिक्षिकाहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
तनहुँमा श्रीमानले गरे अचानोले हानेर श्रीमतीको हत्या
तनहुँमा सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ
बन्दीपुर केबलकारको स्पष्टिकरणः नियमित सर्भिसिङ गरिएको हो, कुनै दुर्घटना र क्षती भएको छैन
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी