‘सरकार दुई तिहाईको दम्भ देखाइरहेको छ तर काँग्रेसले घुँडा टेकाएर छोड्छ’: वरिष्ठ नेता पौडेल

‘सरकार दुई तिहाईको दम्भ देखाइरहेको छ तर काँग्रेसले घुँडा टेकाएर छोड्छ’: वरिष्ठ नेता पौडेल

ramchandra

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ देखाएर सरकार गलत बाटो तर्फ अगाडि बढ्दै गरेको  बताएएका छन् ।

नेपाली कांग्रेस तनहुँको आयोजनामा दमौलीमा सोमबार भएको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले भने – ‘सरकार दुई तिहाईको दम्भ देखाई रहेको छ तर काग्रेसले घुँडा टेकाएर छोड्छ’  । त्यस्तै वरिष्ठ नेता पौडेल वर्तमान सरकार अधिनायकवाद तर्फ लम्कदै गरेको हुँदा त्यसलाई रोक्नका लागि काग्रेस विरोध उत्रिन परेको बताएका थिए । यदि सरकार अधिनायकवादको बाटो तर्फ नरोकिने हो भने काग्रेस अझ सशक्त ढंगले आन्दोलनमा उत्रने समेत पौडेलको भनाई थियो । सरकार विरुद्व आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले अहिलेको सरकार सम्पुर्ण रुपले असफल भएको बताउँदै सरकार असफल भएनि दुई तिहाई आडमा अडेको बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मनपरीतन्त्र चलाउन खाजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले सरकारलाई कुनै पनी मनपरीतन्त्र चलाउन नदिने समेत बताएका छन् । सरकार स्थायी सरकारको रुपमा नभई ढाट,छल र जनतालाई झुक्याउने र भ्रममा पार्न लागेको समेत बरिष्ठ नेता पौडेलले बताए ।

देशमा महिलाहरु त्राही–त्राहीको अवस्थामा रहेको बताउँदै पौडेलले कम्यूनिष्टले गरेको अत्याचार र बलात्कार छम्य हुने गरेको आरोप लगाए। रातो झण्डा ओडेपछि सबै खतबात माफि हुने कुरा देखा परेको बताँउँदै सो विरुद्व आफुहरु आन्दोलनमा गएको बताए । नेता पौडेलले अख्तियार देखी अदालत सम्म सरकारले दोहोलो काडेको समेत बताए ।

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको सर्वसत्तावाद र अधिनायकवाद विरुद्ध काग्रेस आन्दोलनमा उत्रिएको बताएका छन् । कम्युनिष्टहरुले सर्वसत्तावाद र अधिनायकवाद नरोके काग्रेस अझ सशक्त आन्दोलनमा उत्रने वरिष्ठ नेता पौडेलको चेतावनी रहेको छ । त्यस्तै कम्युनिष्टले काग्रेससंग निहुँ खोजे राणा र राजाको जस्तो हालत हुने समेत वरिष्ठ नेता पौडेलको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले बिभिन्न घोटला काण्डहरु घटाएको आरोप लगाए । उनले भ्रष्टाचार विरुद्व उत्रन कार्यकताहरुलाई समेत आग्रह गरे । कार्यक्रम जिल्ला कार्यवाहक सभापति जित प्रकाश आलेको सभातित्वमा भएको थियो । कार्यक्रममा बिभिनन नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा गाउँ गाउँबाट सायौ कार्यकताहरु सहभागि रहेका थिए । र्यालीमा सहभागिहरुले सरकारका विरुद्व नारावाजी समेत गरेका थिए । नेपाली कांग्रेस तनहुँले जिल्ला सदरमुकाम दमौलिमा सरकारको बिरोधमा प्रर्दशन गरेको छ । कांग्रेसले सोमबार दिउँसो सराकारको विरोधमा प्रदर्शन गरेको हो । कांग्रेसको विरोध र्‍याली दमौली बजार परिक्रमा गरी अनसन चौतारीमा कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापति जित प्रकाश आलेको सभापतित्व विरोध र्याली दमौलीमा सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणि खनाल, नेपाल महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, क्षेत्रीय सभापति किसान गुरुङ, क्षेत्रीय सभापति उदयराज गौली, गण्डकी प्रदेशका सांसद दोबाटो विक, नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारी, कांग्रेस नेता झुल बहादुर आले, पुर्व सांसद रामचन्द्र पोख्रेल, कांग्रेस नेता अमरराज कैनी लगाएतकाले सरकारले अहिले देशमा गरेको कार्यहरुको विरोध गरेका थिए । देशमा माफिया तन्त्र हावी भएको विषयमा कांग्रेस नेताले जोड दिएका थिए । कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds