नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार माफियाको सरकार रहेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले राष्ट्रव्यापी रुपमा गरेको विरोध कार्यक्रम अन्तर्गत पोखरामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य समेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार माफियाको लागि बोल्ने सरकार रहेको बताए । उनले देश चलाउने ढंग नै नभएको आरोप लगाउँदै प्रधानमन्त्री नक्कली कुरा मात्रै गर्ने बताए ।
‘पहिलोपटक मैले नेपालको प्रधानमन्त्री यस्तो देखेको छु जो अगाडि आएको समस्याको समाधानभन्दा पनि तथ्यहरु बंग्याउँछ। केबल नक्कली कुरा मात्रै गर्छ। प्रधानमन्त्रीको नक्कली कुराको ठुलो मूल्य चुकाउनुपर्ने बेला आउन लागेको छ,’ उनले भने, ‘यस्तै अबस्था दुई–तीन महिना रह्यो भने देश हेर्दाहेर्दै कंकालीकरणको बाटोमा जान्छ। देश चलाउने ढंग नहुँदै गर्दा अर्थतन्त्र राम्रो निर्माण गर्ने अबसर पाउँदा सरकारको बेढङ्गी कामले गर्दा अर्थतन्त्र चौपट हुने ठाउँमा र्पुयाएको छ। यो सरकारको मन्त्री मण्डल भ्रष्टहरुबाट बनेको छ। कुनै मन्त्रालय चोखो छैन।’
थापाले अहिले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु ट्रेलर मात्रै भएको बताए। ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ। हामीले चलचित्र देखाउन बाँकी नै छ। यो टे«लर मात्रै हो। यो सरकारलाई चलचित्र कस्तो हुन्छ केहि समयपछि देखाउँछौँ,’ उनले भने। प्रधानमन्त्रीले संघीयता मास्न लागे देशमा संघीयता मास्न प्रधानमन्त्री नै लागि परेको उनको आरोप छ। थापाले भने ‘संघीयता मन नपराउने प्रधानमन्त्री, गणतन्त्र मन नपराउने राष्ट्रपति, संसद मन नपराउने सभामुख, चल्छ अनि ?’
थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई आलुको पात र काउलीको जरा मिलाएर बनेको समेत बताए । ‘काउलीको जमिनभित्र रहने जरा काम लाग्दैन, आलुको जमिन बाहिर रहने बोट काम लाग्दैन थापाले भने, नेकपा पार्टी यसरी नै काम नलाग्ने कुरा मिलाएर बनेको छ ।’

काम नलाग्ने कुरा कुहिएर जाने भन्दै नेता थापाले नेकपाको हालत पनि यस्तै हुने चेतावनी दिएका छन् । ‘हिजो एमालेमा राम्रा पक्ष पनि थियो, खराब पक्ष पनि थियो, माओवादीमा पनि यस्तै थियो, अहिले दुबैका खराब पक्ष मात्र मिलेर नेकपा पार्टी बनेको छ, थापाले भने, यो पहिलेको पार्टी जस्तो होइन ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने भन्दै नेता थापाले यही व्यवस्थालाई संस्थागत गर्न पनि काँग्रेसले लड्नुपरेको बताए । सरकारले जनताको शिक्षा र स्वास्थ्यका लागि केही गर्न नचाहेको थापाको भनाई छ ।
‘सात सात वटा प्रदेश सरकार बनाएको छ। तर, नेपालमा प्रधानमन्त्रीलाई सामान्य हेक्कासमेत पनि छैन,’ उनले भने, ‘नेपालमा संघीयता सबै भन्दा मन नपराउने मान्छे चित्रबहादुर केसी हो। उहाँ सबैभन्दा इमान्दार हुनुहुन्छ। उहाँले भोट माग्दै गर्दा पनि संघीयता काम छैन भनेर माग्नु भो। तर, जनताको बीचमा आएर संघीय नेपालको नेतृत्व गर्छु भनेर भोट माग्ने केपी ओली यस कारणले इमान्दार होइन बेइमान हुनुहुन्छ। किनकी नेपालको संघीयता मास्नको लागि आजको दिनको कोही उद्दत छ भने प्रधानमन्त्री केपी ओली हुनुहुन्छ।’
थापाले सरकार कसको पक्षमा रहेको भनेर जनताले सोध्ने बेला आएको बताएका छन् । सत्तारुढ दल नेकपा संस्थागत भ्रष्टाचारमा लागेको र काण्डै काण्ड मच्चाएको आरोप लगाउँदै नेता थापाले माफियाका लागि सरकारले दुई तिहाई बहुमतको प्रयोग गरेको दाबी गरे । एउटा मेडिकल माफियाका लागि गोविन्द केसीलाई मार्न तयार भएको, संसदमा अवरोध राख्न र प्रतिपक्षसँग भिड्न तयार भएको उनले बताए ।
उनले भेनेजुएलाको बारेमा बोल्नै नपर्ने विषयमा बोलेको भन्दै विरोध पनि गरे। ‘अहिलेको नेकपा जाने बाटो भनेकै भेनेजुयलाको बाटो नै हो। न यहाँ पहिलेको राम्रो एमाले रहेको छ, न राम्रो माओवादी नै रहेको छ। जे गरेनी सहिरहने जिम्बेवारबाट निस्कने पार्टी होइन कांग्रेस मादल बजाएर बस्ने। हामी माथी गरेको प्रत्येक हिसाब किताब लिएर कांग्रेस फेरी सरकारमा आउँछ।’ सरकारले गरेको हिसाब किताब खोज्न सबै सचेत भएर बस्न उनले आग्रह गरे।
कार्यक्रममा पुर्वमन्त्री यज्ञबहादुर थापाले सरकार नसच्चिए काँग्रेसले आन्दोलनको घोषणा गर्ने चेतावनी दिए । यो त सुसेलेको मात्र हो, सिट्टी बजाएको छैन, नेता थापाले भने, हामीले आन्दोलन गर्न प¥यो भने सरकारको विकल्प खोज्नुपर्ने हुन्छ ।

कास्की कांग्रेसले पृथ्वीचोकबाट निकालेको विरोध जुलुस, सभागृह चोक, न्यूरोड हुँदै महेन्द्र पुल पुगेर कोण सभामा परिणत भएको थियो।
तस्विरः जक्सन डटकम, थप तस्विरका लागि यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो