नेपालले जित्यो ‘वान डे सिरिज’ पछि पहिलो ‘टी-२० क्रिकेट सिरिज’

नेपालले जित्यो ‘वान डे सिरिज’ पछि पहिलो ‘टी-२० क्रिकेट सिरिज’

Nepali cricket team

काठमाडौं ।  यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा वर्षाका कारण १० ओभरमा छोट्याइएकोमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए ।

यूएईको सुरुवात भने निकै राम्रो थियो । नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन । पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन । ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए । चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे । पारसले १४ बलमा २९ रन बनाए । आक्रामक पारी खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए ।

विनोदले १३ बलमा २१ रन बनाए । करण केसीले ५ बलमा १० रन बनाए । अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो । तर, १० रन जोडेको थियो । यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २-२ विकेट लिए ।

टी-२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय सिरिज खेलेको थियो । दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा २-१ को कब्जा ।

युवा खेलाडीहरुले भरिएको नेपालले पहिलो एकदिवसीय र टी-२० सिरिज जितेको छ । साथै रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ