१३ वर्ष पछि बहुविवाह मुद्धाका फरार प्रतिवादी तनहुँ प्रहरीद्वारा पक्राउ

१३ वर्ष पछि बहुविवाह मुद्धाका फरार प्रतिवादी तनहुँ प्रहरीद्वारा पक्राउ

DPO Tanahun

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बिभिन्न घटनामा रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । तनहुँ प्रहरीले बहुबिबाह मुद्धाका फरार प्रतिबादी १३ बर्ष पछि पक्राउ गरेको छ ।

२०६३ सालमा तनहुँ जिल्ला अदालतबाट बहुविवाह मुद्धामा १ बर्ष कैद फैसला भई कैद भुक्तान गर्न बाँकी रहेका व्यास न.पा. वडा नं.१२ बस्ने ३७ बर्षिय बिनोद पन्थ पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले ब्यास नगरपालिका वडा नं.–४ बागबजार टोलमा रहेको ड्राईभईन होटलमा बिरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रही फरार रहेका रौतहट गेडहीगुढी गा.बि.स. वडा नं.४ स्थायी घर भएर जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ४ बस्ने २३ बर्षिय बाबुलाल धोती भन्ने बाबुलाल शाह पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि तनहुँ जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds