पोखरा, २० माघ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानरपालिका वडा नं २६ सुन्दरीबजारमा स्कुटर र गाडी ठोक्किँदा एक जनाको ज्यान गएको छ । श्रीमान श्रीमती सवार ग १३ प ५७८० नं. को स्कुटर र ग १ क ३५७० नंम्बरको रेडी मिक्चर गाडी एक आपसमा ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
दुर्घटनामा घाईते स्कुटरको पछाडी बसेकी पोखरा ११ चापापानी बस्ने ५० वर्षीया चित्र कुमारी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनका श्रीमान ५२ वर्षीय बिरेन्द्र सिंह गुरुङ घाइते भएका छन् । उनको हाल भई उपचार भइरहेको जनाईएको छ । दुर्घटनापछि रेडी मिक्चर गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताईएको छ ।
बाइकको ठक्करबाट बालिका घाईते
पोखरा महानरपालिका वडा नं २६ बुढिबजारमा गुडिरहेको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिँदा बालिका घाइते हुन पुगेकी छिन् ।
गण्डकी प्रदेश प्रहरीका अनुसार उक्त ठाउँमा ग १ त ३९८२ न को ट्याक्टरले ग.६ प.५०३२ न.को मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा बसिरहेकी स्थानीय १५ वर्षीया शितल ढुङ्गानालाई ठक्कर दिन पुगेको थियो ।
घाईते ढुंगानालाई उपचारका लागि लेखनाथ सिटी अस्पताल पठाईएको छ । दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो