बनमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता मृत फेला

बनमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता मृत फेला

babita

काठमाडौँ  । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् ।ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतमृत अवस्थामा फेला परेकी महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।

प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ