श्यामशितल परियार, लमजुङ । लोक दोहोरी गायक बद्री पंगेनी, नवीन पौडेल र सम्झना भण्डारी शनिबार प्रथम भोटेओडार महोत्सवमा आउने थाहा पाएसंगै बिहानैदेखी महोत्सव स्थलमा दर्शक÷श्रोताको भीड लागेको थियो । गायक÷गायिकाको प्रस्तुती हेर्न लमजुङेहरु आतुर थिए ।
दिउँसो सवा ३ बजे जव लोकदोहोरी गायक नवीन पौडेल स्टेज चढी ‘के सम्झनु छ र ……’ बोलको गीत गाए । एकाएक महोत्सवको माहोेल तात्यो । गायक पौडेलले गाउँदै, नाच्दै, दर्शकलाई पनि संगै छमछमी नचाए । साथमा उनले ‘मन परेरै हो….,’ ‘बुलाकी लाउँदिनौँ, झुम्काना लाउँदिनौँ……,’ ‘के सम्झनु छ र……,’ ‘सुदूरपश्चिम घर मेरो…..,’ ‘फुलेको तोरीलाई……,’‘श्रीनगर बतासैँ डाँडैमा…..’ लगायतका आफ्ना गीतहरु प्रस्तुत गरे ।
यसैगरी, महोत्सवमा गायिका सम्झना भण्डारीले पनि दर्शक दीर्घामा पुगी गीत गाउँदै दर्शकलाई छमछमी नचाईन् । गायिका भण्डारीले ‘भीरैको घाँस….,’ ‘छिनछिन बज्ने चुरा…..,’‘कैल्यै हो त सानु….,’‘मेरो माया बसेको ठाउँमा……,’लगायतका गीतहरु गाएकी थिईन् ।
गीत, नाचमा झुमेको माहोल एकाएक भावुक बन्यो । जव साँझ ५ बजे लोक दोहोरी गायक बद्री पंगेनी स्टेज चढी परदेशी छोेराको वेदना समेटिएको ‘आमा बिदा पाउँदिन….,’ बोलको गीत गाए । उनको यो गीत सुनेर विशेषगरी ः वृद्ध बाआमा भावुक बनेका थिए । आफ्नो गीतबाट भावुक बनेका दर्शकलाई गायक पंगेनीले ‘रातो अनि तातो पछ्यौरी…,’ ‘दाईको ससुरालीमा….,’ लगायतका आफ्ना चर्चित गीत गाएर फेरी छमछमी नचाएका थिए ।
महोत्सवकै अवसरमा गायक प्रकाश न्यौपाने, स्थानीय कलाकार जुना परियार, पासाङ गुरुङ, युगेश परियार लगायतले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो