पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट (विद्युतीय भर्याङ) को व्यवस्था गरिएको छ ।
हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनीमा दर्शन र पूजाआजामा ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तको सहज पहुँच पुर्याउने उद्देश्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क रुपमा लिफ्टको व्यवस्था गरेको हो ।
गएको वर्षबाट शुरु गरिएको निर्माणको काम सम्पन्न भएको र फागुन महीनाभित्रमा औपचारिक रुपमा सञ्चालनमा ल्याइने समितिका सचिव तीर्थ श्रेष्ठले बताए । “अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गले पनि मन्दिरमा सहज रुपमा दर्शन गर्न सकून् भनेर लिफ्ट निर्माण गरेका हौँ ।” श्रेष्ठले भने ।
अशक्तले अर्काको सहारामा मात्र मन्दिरमा दर्शनको लागि जानुपर्ने बाध्यता लिफ्ट निर्माणबाट हट्ने बताइन्छ । पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउस र हुण्डाई मोटर्स दक्षिण कोरियाको करीब रु एक करोड लागतमा लिफ्ट निर्माण गरिएको हो । लिफ्टमा एकपटकमा ह्विलचियरसहित चार जना र मानिसमात्र आठ जना अट्न सक्ने क्षमता छ ।
लिफ्ट ७०० किलो भार क्षमताको रहेको र उचाइ ६० फिट छ । लिफ्टको तलमाथि दुवैतर्फ २०-२० जना बस्न मिल्ने प्रतीक्षालय पनि निर्माण गरिएको छ । मन्दिरमा दैनिक करीब तीन हजारले दर्शन गर्ने गरेको र पछिल्लो समय भारतीय दर्शनार्थीको सङ्ख्या वृद्धि भएको बताइन्छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो