रञ्जन अधिकारी, पोखरा । सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको विरोधमा पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । लेखनाथ अर्घौं स्थित कलेजमा नै उनीहरुले विहीबारदेखि तालाबन्दी गरेका छन् ।
गत वर्षपनि यही माघमा अभिभावक सहित नै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । त्यसबेला नै गण्डकी मेडिकल कलेज प्रशासनले तीन बुँदे सहमति गरेर आन्दोलन मत्थर बनाएका थिए । तर, चर्को रकम असुली गर्न भने छाडेको छैन ।
अहिले पनि विद्यार्थीको माग उही छ । शिर्षक बिना लिइएका अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न, सरकारको निर्णय कार्यान्वयन गर्न र विद्यार्थीले तिरेका सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउन उनीहरुको तीन बुँदे माग रहेको छ ।
वर्षौंदेखि कलेजले सरकारले तोके विपरित लाखौं रकम असुल गर्दै आएको र बारम्बार आफ्ना कुरा राख्दा पनि राम्रो प्रतिक्रिया नदिएकाले कलेजमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीले बताएका छन् । विहीबार बिहान तालाबन्दी गरेका उनीहरु अपरान्ह गण्डकी मेडिकल कलेजको नयाँबजार स्थित हस्पिटलमा आएर प्रशासनलाई धर्ना दिएका छन् ।
माग सुनुवाइ नगरी ताला तोडिएमा यसको परिणाम नराम्रो आउने र जिम्मेवारी पनि प्रशासन आफैले लिनुपर्ने विद्यार्थीको चेतावनी छ । उनीहरुले विज्ञप्ती जारी गर्दै भनेका छन् – ‘चिकित्सा शिक्षालाई धराशायी बनाउने हिसाबले ठगी, निजीकरण, व्यापारिकरण र माफियाकरणले ग्रस्त बनाइएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मेडिकल कलेजभित्रका विकृति विसंगतिहरु सुधार गर्न माग गर्दछौं ।’
२०१५, २०१७, २०१८ ब्याचका विद्यार्थी आन्दोलनको मैदानमा उत्रिएका छन् । २०१६ ब्याचका विद्यार्थीले आन्दोलनलाई सहयोग गरेको जनाएको छ । २०१५ देखि २०१८ सम्म ब्याचका एमबिबिएस विद्यार्थीले वार्षिक डेढ लाख देखि तीन लाखसम्म तोकिए भन्दा बढी तिर्न परेको गुनासो गरेका छन् । यसरी ५ वर्षे कोर्षमा झण्डै आठ लाखदेखि १५ लाख बढी रकम कलेजले असुलेको छ । इन्टर्नशीप फि समेत पहिल्यै लिएर कलेजले बेईमानी गरेको छ । फि लिएको बिल समेत नदिने गरेका विद्यार्थीहरुले बताएका छन् । भविष्यमा डाक्टर जस्तो जनशक्ति उत्पादन गर्ने थलोमै मनपरी बेथिति भएकाले यसको नियन्त्रणमा सरोकारवाला लाग्न जरुरी रहेको विद्यार्थीहरु बताउँछन् ।

गत वर्ष माघमा पनि तोकिएको भन्दा बढी शुल्क माग गरिएपछि बिएससी नर्सिङका विद्यार्थीको छुट्टै आन्दोलन थियो भने एमबिबिएस अध्ययनरत विद्यार्थीले पनि आन्दोलन चर्काएका थिए ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विएससी नर्सिङ अध्ययनको ४ वर्षे कोर्षको लागि ७ लाख ४८ हजार ६ सय ३० रुपैयाँ शुल्क तोकेपनि विद्यालयले १२ लाख लाग्ने भन्दै थप शुल्क माग गरेपछि नर्सिङका विद्यार्थी आन्दोलित थिए । एमबीबीएस अध्ययनरत विद्यार्थीलाई विभिन्न शीर्षकमा ५६ लाख रुपैया तिर्न बाध्य पारेको भन्दै उनीहरु अभिभावक सहित आन्दोलनमा उत्रेका थिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र अखिल नेपाल विद्यार्थी यूनियनबीच गत वर्ष पुस २० गते भएको सम्झौता अनुसार त्रिवि अन्तर्गत सम्बन्धनप्राप्त कुनैपनि मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढि शुल्क लिन नपाउने र लिएको भए फिर्ता गर्नुपर्ने उल्लेख छ । सो सम्बन्धमा डिन कार्यालयले त्रिवि उपकुलपतिको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन र कलेजहरुलाई बोधार्थ एवं कार्यार्थ पत्र पठाएको थियो ।

सम्बन्धित समाचारः
http://gandaknews.com/gmc-aandolit/
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने