पालैसँग बलात्कार गर्दै आएकी किशोरी गर्भवती भएपछि हत्या, तीन युवा पक्राउ

पालैसँग बलात्कार गर्दै आएकी किशोरी गर्भवती भएपछि हत्या, तीन युवा पक्राउ

balatkarr

इटहरी–तीन महिनाअघिदेखि पालै पालो करणी गर्दै आएकी किशोरी गर्भवती भएपछि कर्तुत लुकाउन तीन जना मिलेर किशोरीको हत्या गरेका प्रहरीले खुलासा गरेको छ ।

इटहरी तरहराकी १५ बर्षिया बालिका रुपमति दासको आईतवार सिंघिया खोला किनारामा नग्न अवस्थामा शव भेटिएपछि पक्राउ परेका शंकास्पद अभियुक्तहरुमध्ये तीन जनाले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ ।
गरिव परिवारमा जन्मिएकी ती बालिकाका अभिभावक गत शनिवार राति छिमेकीको घरमा टिभी हेर्न गएर फर्केर आउँदा उनी घरमा थिईनन । भोलिपल्ट विहान हत्या गरिएको अवस्थामा खोला किनारामा भेटिएकी थिईन ।

प्रहरीका अनुसार तीन अभियुक्तले कात्र्तिकको अन्तिम सातादेखि वालिकालाई फकाएर छुट्टा छुट्टै स्थानमा लगेर वलात्कार गरेका थिए । शुरुमा एक अभियुक्तले करणी गरेको कुरा अन्य दुई साथिलाई वताएपछि उनीहरुले पनि पोल खोलिदिने धम्कि दिदै करणी गर्दै आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी निरीक्षक बुद्धि चौलागाईले घटना वारे थप अनुसन्धान शुरु गरिएको वताए । । प्रहरीले हत्यामा संलग्नको आशंकामा आइतबार र सोमबार गरी १० जनालाई नियन्त्रणमा लिएको थियो । बालिकाको शव भेटिएपछि मोरङ प्रहरी र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान गरेको छ । शव भेटिएको स्थान विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सीमा क्षेत्रमा पर्छ । दुबैतर्फ बस्ती पातलो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ