कास्की । देशको मुख्य पर्यटकीय स्थल पोखरा आसपास क्षेत्रमा गुण्डागदी मौलाउँदै गएको स्थानीयले बताएका छन् । उनीहरुले दिनप्रतिदिन गुण्डागर्दी मौलाउँदै गएपनि प्रहरी भने बेखबर बनेको आरोप लगाएका छन् ।
कास्कीको कोत्रे, गगनगौडा, बाघमारा, निर्मलपोखरी, भरतपोखरी, बेगनाशताल, तालचोक, सैनिकबस्ती, रिठेपानी, अर्घौचोक, बुढीबजार, अर्चले, विजयपुर, छिनेको डाँडा, अमरसिंह चोक, हेम्जाबेसी, लेवारेकुना, विन्द्यवासीनी आसपास, कुवँरफाँट लगाएतका स्थानमा गुण्डागर्दीको विगविगी बढेको स्थानीयबासिले बताएका छन् ।
स्थानीयका अनुसार जँड्याहा र गुण्डाहरुले सम्साँझै होहल्ला गर्दे हिड्ने मात्रै होइन, आतंक मच्चाइरहेको बताएका छन् ।
अर्घौचोक, घरेलुचोक, गण्डकी मेडिकल क्षेत्रमा समेत साँझ नपर्दै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने प्रवृत्ति बढेको स्थानीयको गुनासो छ । गुण्डागर्दी मात्रै होइन, खेतबारीमा रोपिएको आलुदेखि, पोखरीमा पालेका माछा समेत चोरी भइरहेको स्थानीयको गुनासो छ ।
त्यस्तै बुढीबजार, वेगनासताल लगाएतका क्षेत्रमा समेत दिनदहाडै घरेलु हतियार लिएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।
सगरमाथा टिभीले खबर प्रकाशित गरेको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो