पोखरा, १६ माघ । मनकामना केबलकार पोखरा कपमा क्यामरुनको डफिन्स टिम फेमेलीले बिजयी शुरुवात गरेको छ । क्यामरुनको डफिन्स टीमले च्यासल युथ क्लवबिरुद्ध १–० को कठीन जित निकाल्दै सुखद शुरुवात गरेको हो । क्यामरुनका लागि प्रिसोले निर्णायक गोल गरे । उनले खेलको दशौं मिनेटमै गोल गरेका थिए । इकोबेनले प्रहार गरेको बलमा उनले हेडर गोल गरेका हुन् ।
युवा खेलाडीले भरिएको च्यासल यूथ क्लब र पोखरामा पहिलो पटक खेलेको क्यामरुनको डफिन्स क्लब बिचको पहिलो हाफको १० मिनेटमा नै गोल गर्दै च्यासललाई दबाबमा राखेको थियो । कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा भइरहेको पोखरा कपमा क्यामरुनको यो पहिलो जित हो । यसअघी खप्तड गोल्डकप र ईटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपमा पहिलो खेलबाटै पराजित क्यामरुन पोखरामा भने जित निकाल्न सफल भएको हो ।
फिजिकल्ली बलियो क्यामरुनका खेलाडी बिरुद्ध च्यासल निरिह देखियो । टेक्निकल्ली र ट्याक्टीकल्ली उत्कृष्ट देखिएपनि च्यासल क्यामरुनका अग्ला खेलाडी सामु स्कोर निकाल्न भने असमर्थ भयो । यद्वपी दुबै टीमले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फालेका थिए ।
बिजयी टीम क्यामरुनको डफिन्स टीम फेमेलीका कोअर्डिनेटर आशिक थापामगरले नयाँ ठाउँमा खेलाडीलाई एडजस्ट गर्न गाह्रो हुँदा सोंचेजस्तो खेल्न नसकेपनि पहिलो जित निकाल्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले क्यामरुनको डफिन्स टीम फेमेली त्यहाँको एकेडेमीमा रहेका खेलाडीहरुको टीम रहेको प्रष्ट्याए । उनले आगामी खेल खेल्नको लागि थप ३ जना स्ट्राइकर आउने जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत विहीबारको खेल स्थगित भएको छ । आयोजक पोखरा ११ सँग खेल्ने ब्रिगेड ब्याइज क्लव इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि बस्नु पर्ने भएकाले विहीबारको खेल शुक्रबारलाई सारिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनले प्राविधिक कारणले खेल सरेपनि सेड्यूल परिवर्तन नहुने उनले स्पष्ट पारे ।
तस्विरः सुरज श्रेष्ठ/गोलनेपाल डटकम
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने