धुर्मुस सुन्तलीले यस्तो बनाउँदैछन् पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अहिल्यै घुमौं (भिडियो)

धुर्मुस सुन्तलीले यस्तो बनाउँदैछन् पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अहिल्यै घुमौं (भिडियो)

cricket stadium (5)

कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अढाई वर्षभित्र तयार गर्ने भएको छ। रंगशाला निर्माणका लागि आवश्यक तीन अर्ब रुपैयाँ जनस्तरबाट जुटाउने फाउन्डेसनका प्रमुख सीताराम कटेलले जानकारी दिए ।

फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । भरतपुर–१६ मा बन्ने उक्त रंगशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा फैलने छ। त्रिभुवन विश्वविधालयको स्वामित्वमा रहेको जग्गालाई महानगरपालिका हुँदै फाउन्डेसनलाई हस्तान्तरण गरिएको हो। रंगशाला तयार भएपछि महानगरपालिकालाई हस्तान्तरण गरिने बताए।

यस्तो हुनेछ रंगशाला

https://www.facebook.com/gandaknews/videos/2141099709535069/

घोषणा कार्यक्रममै ४ करोड रुपैयाँ संकलन

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै ४ करोड रुपैयाँ संकलन भइसकेको छ । यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । फाउन्डेसनले रंगशालाको लागत खर्च ३ अर्ब हुने अनुमान गरेको छ ।

उक्त घोषण कार्यक्रममा एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने घोषणा गरेको छ । त्यसैगरी, अल्का अस्पतालले २५ लाख, चितवन उद्योग वाणिज्य संघले ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख , मुक्तिनाथ विकास बैंकले ५ लाख, बद्री पंगेनीले १ लाख, मह सञ्चार र भद्रगोल टिमले एकरएक लाख सहयोग गर्ने भएका छन । अन्य संघसंस्था र व्यक्तिले समेत लाखौं रकमको सहयोगको प्रतिवद्धता गरेका छन्। । यस सँगै देश विदेशबाट सहयोग रकम जुटने क्रम जारी रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता गर्ने कार्यक्रममा उक्त रकम जुटेको हो ।

बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाए : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरे  । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने – ‘बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौतै गर्‍यो, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गर्न चाहन्छु ।’

बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाएको भन्दै उनले प्रशंसा गरे । प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए ।

प्रधानमन्त्रीको संबोधन:

धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्‍यो । आँट कसरी गर्‍यो रु बजेट निकै ठूलो छ । पैसा साथमा छैन । तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौता नै गर्‍यो । हामीलाई एउटा परिकल्पना पनि प्रदर्शन गरेको छ ।

म खुसी व्यक्त गर्न चाहन्छु, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेका छौं । त्यसका लागि केही आधारभूत कुरा तय भयो । स्थान तय भयो । कस्तो बनाउने भन्ने नक्साङ्कन पनि भयो । त्यसका निम्ति लगभग ४ करोड यही उठ्यो होला ।

तर, अझै २९६ करोड बाँकी छ । त्यसकारण मेरो सुझाव छ, लेख्ने कुरामा अझ जाँगर चलाउ, लेखेको रकम भुक्तानी गर्न विलम्ब नगरौं । कहिले कहिले विलम्ब हुन्छ । म आफू पवित्र र राम्रो कामका लागि सहयोगी भूमिका खेल्न सधैं तत्पर छु ।

हामीकहाँ यसप्रकारको स्तरीय क्रिकेट रंगशालाको आवश्यकता थियो, अभाव थियो । हामी कहाँ भएका रंगशाला कामचलाउ मात्रै छन् । यसलाई अभ्यासको रुपमा मात्रै लिन सकिने अवस्था छ । यस सन्दर्भमा धुर्मुस सुन्तली फाउन्डेसनले आफूलाई अगाडि सारेको छ । ठूलो अठोट गरेको छ ।

क्रिकेट हाम्रा लागि अलिक नयाँ खेल हो । धेरै नयाँ पनि होइन । यसको अर्को रुप हामीसँग थियो । यस रुपमा अलि पछि आयो । नेपालमा आफ्नै ढंगका परम्परागत खेलकुदहरु छन् । कहीँ दौड, कहीँ कुस्ती, कहीँ छेलो फ्याक्ने आदि । खेल र राजनीतिको अन्योन्याश्रित सम्बन्ध छ । दौडेर गएर राजा हुने चलन थियो । जो दौडमा फर्स्ट हुन्छ, उही राजा हुने थियो । कस्तो सम्बन्ध होला ?

मैले भन्ने गरेको छु, हामी नेपालीहरु कमजोर होइनौं । हामी अरु कोहीभन्दा कम क्षमताको हुनुपर्ने कारण छैन । हाम्रो भूगोल, प्रकृति नै विशिष्ट छ । हामी कम अक्सिजनमा सास फेर्न सक्छौं । नेपाली बसेको उचाइमा अरु बस्न सक्दैनन् । नेपाली गएको उचाइमा अरु जान सक्दैन । किनकी हामी यसमा अभ्यस्त छौं । हाम्रो फोक्सो नै त्यसरी बनेको छ । घाँस दाउराका लागि उकाली–ओराली गर्नुपर्ने हाम्रा हड्डीहरु मजबुत छन् । त्यस हिसाबको स्टामिना हाम्रो हो ।

हाम्रा पूर्वजहरु तीर्थयात्रा गर्थे । त्यसबेला हवाइजहाज थिएन । हिँडेर जानुपर्थ्यो । बहुत टाढाटाढाका तीर्थयात्रा गरेर फर्किन्थे । हाम्रो अभ्यास शारीरिक तन्दुरुस्तीमा हामी अरुभन्दा कम हुनुपर्ने कारण छैन । मैले भन्ने गरेको छु, मानसिक हिसाबले, बौद्धिक हिसाबले दुनियाँमा अन्धकार हुँदा यहाँ ज्ञानको उज्यालो थियो । शास्त्र, संगीत, साहित्य, कला यहाँ तयार भयो र फैलिदै गयो । त्यस्ता पुर्खाका हामी सन्तान, कुनै हिसाबमा कमी हुनुपर्ने अवस्था छैन । तर, दुर्भाग्य विगतका विभिन्न ऐतिहासिक कारणले हामी पछाडि पर्‍यौं ।

अहिले नेपाल अगाडि बढ्न खोजेको छ, त्यसको वातावरण बनेको छ । मैले अन्तर्राष्टिय मञ्चहरुमा गएर भनेको छु, नेपाल एउटा नमूना देश हो । नेपाली जनताले चिताएका कुरा प्राप्त गरेर छोडेको छ । राणा‍शासन फाल्छु भन्यो, फाल्यो । पछिल्लो समयमा फेरि अधिकार खोसिए । त्यसलाई फिर्ता ल्याइयो । शरणार्थी समस्याको झमेलामा पर्‍यौं । त्यो समाधान भयो । द्वन्द्वको व्यवस्थापन गरियो । अहिले स्थायी सरकारका साथ नेपाल सुशासन र विकासमा अगाडि बढेको छ, अगाडि बढ्छ ।

मैले घोषणा गरेको थिएँ जाडोले कठ्यांग्रिएर कोही मर्नुपर्दैन भनेर । अहिले शीतलहरको समय सिद्धियो, कोही मरेनन् । किनकी समयमै कम्बल पुर्‍याइएको छ, दाउरा पुर्‍याइएको छ । काठमाडौंमा बसेर घरबाट फुत्त निस्केर कफी सपमा ठूला कुरा गर्नु बेग्लै कुरा । हिमालका कुनाकुनामा, तराइका छाप्राछाप्रामा कम्बल पुर्‍याइएको छ ।

मैले भनेको छु, विद्यालय जानबाट कुनै बालबालिका वञ्चित हुनु पर्दैन । हामी विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयबाहिर रहन दिँदैनौं । मैले नयाँ युगको सुरुवात भनेको कतिलाई मन परेन । बालबालिका स्कुल जान नपाउने युगको अन्त्य हुनु भनेको नयाँ युगको सुरुवात हो कि होइन रु अझै केही बालबालिका विद्यालय पुर्‍याउन बाँकी छ । उनीहरुलाई आगामी वर्ष पुर्‍याउँछौं । नेपालमा साक्षरताको ठोस अभियान अगाडि बढाएका छौं । अब नेपाल निरक्षर रहन सक्दैन । बेरोजगारलाई रोजगारी, त्यो नभए बेरोजगार भत्ताको व्यवस्था गरेका छौं । यो कुरा कतिले सुनेका छन् कतिले छैन ।

सम्पूर्ण जनताको सामाजिक सुरक्षाको प्रवन्ध हुन्छ । आज अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षाको दायराभित्र ल्याइएको छ । अनौठो दृष्टान्त छ । दुनियाँमा रोजगारदाता र मजदुरका बीचमा लडाइँ हुन्छ । हड्ताल हुन्छ । तर, यहाँ हडताल मजदुरले गर्दैन । हड्ताल डाक्टरले गर्छन् । बिरामीको उपचार गर्न छोडेर हडताल गर्छन् ।

अस्ति डावोसमा मैले जी–२० को वैठकमा भाग लिने मौका पाएँ । नेपालले त्यस्तो वैठकमा पहिलोपटक भाग लिएको हो । दुःखको कुरा अल्पविकसित देशको म एकजना मात्रै परेछु । सबै विकसित देशका आफू ‘ । मैले त्यहाँ कबुल गरेर आएको छु, अब धेरै वर्षसम्म हामी ‘एलडीसी’ भएर बस्नेछैनौं ।

हामीसँग युवा जनशक्ति छ, प्राकृतिक स्रोत–साधन छ । हामी अनेक कुराले अनुकुल अवस्थामा छौं । स्पष्ट नीति छ । स्थिर सरकार छ । अब लरबर गर्ने पक्षमा छैनौं । कतिपयले मलाई प्यानल डिस्कसनमा सोधेका पनि थिए, लोकतन्त्र खुम्चियो भन्छन् के हो भनेर रु मैले ‘कुप्रचारको प्रभाव यहाँसम्म आइपुगेछ’ भनेँ । कहाँनेर खुम्चियो नेपालमा लोकतन्त्र रु नेपालमा लोकतन्त्र खुम्चिदैन, खुम्चिन दिइँदैन ।

मभन्दा अगाडि मदनकृष्ण ९श्रेष्ठ० जीले भाषण गर्दा खुब ताली लाग्यो भनेको सुनेँ । पक्कै पनि भ्रष्टाचारविरुद्ध बोल्नुभयो होला । बोल्नैपर्छ । हामी दुवैजना भ्रष्टाचारविरुद्ध छौं । म सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध बोल्ने मात्र होइन, भ्रष्टाचारलाई ठेगान लाउने समेत काम गर्छु । भ्रष्टाचार हुन दिँइदैन । भ्रष्टाचारीमाथि धमाधाम कारवाही भइरहेको छ ।

यसरी कारवाही हुँदा भ्रष्टाचार भएछ भन्ने हुन्छ । तर, हामी भेटायो कि समातेर ठेगान लगाउँछौं । अझै कारवाहीको सिलसिला चल्छ । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने हो । मैले भनेको छु, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहन्न । भ्रष्टको अनुहार हेर्दिनँ । कस्तो अनुहार छ मतलब छैन, कुन पार्टीको हो थाहा छैन । मदनकृष्णजी ढुक्क हुनुस् ।

मदनकृष्णजीको भाषणमाथि थप्छु । उहाँले स्वच्छ हुन आग्रह गर्नुभो । एकदम राम्रो कुरा हो । तर स्वच्छ मात्र भएर पुग्दैन । एउटा मुर्ति स्वच्छ भएर बस्छ । भ्रष्टाचार गर्दैन । के त्यतिले पुग्यो त रु स्वच्छ मात्र होइन, सक्रिय पनि हुनुपर्‍यो ।

अब म साथीहरुलाई भन्न चाहन्छु । शिशिर योगीजीले एउटा गीत गाउनुभयो, यो देशमा म एउटा मान्छे खोजिरहेछु । उहाँले त्यस्तो गाउँदा मैले भनेँ, त्यो मान्छे अब टाढा खोज्न नजानुस् । त्यो मान्छे तपाईंको दाहिनेपट्टी छ, तपाईंको देब्रेपट्टी छ, तपाईंको अगाडि छ, पछाडि छ । तपाईंभन्दा अगाडि बसेको भन्दा ठ्याक्कै पछाडि छ । तपाईंको पछाडिभन्दा ठ्याक्कै अगाडि छ ।

धुर्मुस सुन्तलीले रंगशाला बनाउँछन् । अरुले केही नगर्ने रु अरुले रंगशाला नबनाए पनि केही त गरौं । गरे किन हुँदैन रु एउटा मान्छे खोजिरहेछु भन्दा ‘ए धर्मुस सुन्तली भेटियो । अब पुग्यो त रु एउटा रंगशालाले मात्र त पुग्दैन । त्यसैले सबै जुटौं । म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु कमसेकम सबैले धुर्मुस हुनुपर्‍यो, सुन्तली हुनुपर्‍यो । हामी हरेकले गर्न सक्छौं ।

प्रश्न आउन सक्छ पैसा छैन, कसरी गर्ने रु मैले भन्ने गर्छु पैसाले विकास हुने होइन । विचार–संकल्पले हुने हो । विकासले पैसा आउँछ । पैसा छ भन्दैमा विकास हुन्छ भन्न सकिँदैन । पैसावालाहरु क्यासिनोमा गएर रित्तिन्छन् । आइडियावालाहरु आइडिया लगाएर विकास गर्छन् र पैसा कमाउँछन् । आइडिया मुख्य कुरा हो ।

चित्रमा देखाएको क्रिकेट रंगशाला बनाउँछु भन्नेहरुको बैंक ब्यालेन्स कति छ रु संकल्प गर्नेहरुको साथमा कति पैसा छ रु खल्तीमा चिया खाने पैसा छ कि छैन रु तर तीन अर्बको रंगशाला बनाउँछु भनेको छ । कत्रो विश्वास । फुटिकौडी साथमा नभएको मान्छेले रंगशाला बनाउँछु भन्यो । लगत्तै अर्कोले छेउबाट चिर्कटो लेखेर दियो, म तीन करोड दिन्छु । तँ आँट म पुर्‍याउँछु भनेको यही हो । एकतावद्ध भएर अगाडि बढ्यौं भने देश बनाउन सक्छौं ।

केही वर्षभित्र नेपाल नामको देशको पहिचान, परिचय परिवर्तन हुन्छ । यति सानो देशलाई केही वर्षभित्रै चिटिक्क पार्न सकिन्छ । अलिकति समय लाग्छ । रिंगरोडको बाटो बनाउँदा अलिकति धुलो उड्छ फेरि । धुलो उड्यो भनेर गाली आउँछ । बनाइसकेपछि गाली खाइँदैन । मेलम्चीको पानीमा अलिकति कचपच भएको छ ठेकेदार भागेर । वार्ता गर्न आउँदैछ । भोलि, पर्सि थाइल्यान्डमा कुरा हुन्छ । उसले बनाउला–नबनालउला तर, हामी बनाउँछौं । पानी ल्याउँदा फेरि अलिकति थोत्रा पाइप कचपच हुन्छन् । त्यो मिलाउँछौं । निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ । त्यसपछि असुविधाको अन्त्य गर्छौं ।

अब राजनीतकि शक्तिहरुबीच सहमति कायम गर्ने, पारस्परिक विश्वासको वातावरण बनाउने र अगाडि बढ्नेहो । असमझदारी भयो भने कस्तो हुँदोरहेछ भन्ने एउटा नमूना सुनाउँछु । जीपी कोइराला स्वासप्रश्वास केन्द्र तनहुँमा बनाउने भन्ने कुरा छ । मैले कसरी बनाउने भनेर नेपाली कांग्रेससँग कुराकानी गरौं भनेँ । शेरबहादुरजी, रामचन्द्रजीलाई भनेँ ।

यत्तिकै जीपी कोइरालाको नाममा बनाउने भनेको धेरै वर्ष भयो, पाइलो सरेको छैन । कसरी राम्रो बनाउने छलफल गरौं भनेको हुँ । म त राम्रै कुरा हुन्छ भनेको त ससदमा अवरोध पो भयो । साथीहरुले मलाई सोध्नुभयो, यथास्थितिमा राख्ने कि नराख्ने रु मैले भने यथास्थितिमा राख्ने भए त राखिहाल्थेँ,राम्रो बनाउने हो । साथीहरुले होइन, पाइँदैन, यथास्थितिमा राख्नुपर्छ भन्नुभयो । जहाँ केही छैन त्यसलाई यथास्थितिमा राखेर गर्ने के रु म अगाडि बढाउँ भन्छु, उहाँहरु यथास्थितिमा राखौं भन्नुहुन्छ । असमझदारी हुँदोहेछ ।

हामीलाई हस्पिटल, कलेज, विश्वविद्यालय, अनुसन्धान केन्द्र तालिम केन्द्र चाहिएको छ । अनि हामीलाई पूर्वाधारहरुको विकास चाहिएको छ, जसबाट रोजगारीका अवसर सिर्जना गर्न सक्छौं । जनशक्ति बाहिर नजाओस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds