पोखरा । पृथ्वीनारायण क्याम्पस गेट परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
यसअघि, गत जेठ २९ र २०७४ माघ २८ गते पनि नेविसंघ र प्रहरीबीच झडप भएको थियो । जेठमा सरकारले पेट्रोलियम पद्धार्थमा गरेको चरम मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा यसैगरी प्रहरीले अवरोध गर्दा रणभूमि बनेको थियो । पत्रकार प्रकाश ढकाल समेत घाईते भएका थिए । त्यस्तै, गतवर्ष माघ २२ गते स्याङ्जा आँधीखोलाका नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको पोखरा बगरमा बसले किचेर मृत्यु हुँदा पनि नेवि संघ आन्दोलित थिए ।
आज पनि प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगामुढा गरे । प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको विद्यार्थी बताउँछन् । झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
काँग्रेस नेतृ सरस्वी गुरुङ, नेवि सघंका नेता सरोज केसी लगायत अस्पताल पुगेर घाईतेको अवस्थाबारे जानकारी लिएका छन् । कास्की प्रहरीले भने प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको प्रहरीको दाबी छ । मसाल जुलुस निकालेपछि कोणसभा गरिएको छ ।




सम्बन्धित समाचार:
http://gandaknews.com/jhadap-nebisang/
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो