नेपाल आइडलका कृशलका दाइ शंकर कँडेलले ल्याए ‘पूर्णिमा’

नेपाल आइडलका कृशलका दाइ शंकर कँडेलले ल्याए ‘पूर्णिमा’

Shanakr

नेपाल आइडलका कृशल कडेलका दाइ शंकर कडेलले नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका शंकरले पूर्णिमा बोलको गीत मंगलबार मात्रै आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गीतको शब्द र संगीत राज खड्काको रहेको छ । यस गीत ल्याउनका लागि प्रेम नेपाली, अमृत शर्मा पौडेल लगायतको साथ रहेको छ । उनले गीत रुचाईएको खण्डमा म्युजिक भिडियो समेत तयार पार्ने जनाए ।

अध्ययनको सिलसिलामा जर्मनी रहेका शंकरले संगीत सम्बन्धी औपचारिक ज्ञान लिएका छैनन् । सानैदेखि गुनगुनाउने मात्र गरेका उनले आफ्नो रुची अनुसार पहिलो गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । ‘सानैदेखि गुनगुनाउँथे, तर कहिँपनि संगीत प्रशिक्षण लिने समय भएन । उच्च शिक्षाका लागि जर्मनी आएपछि झनै यो तारतम्य नै मिलेन ।’ – शंकरले भने – ‘आफ्नो स्वरमा गीत सुन्दा कस्तो हुन्छ जस्तो लागेको थियो, राज दाइको सहयोगले यहीं रेकर्ड गर्न पाएँ । आभार व्यक्त गर्दछु ।’

उनका भाइ कृशल कँडेल नेपाल आइडलमा टप एट सम्मको यात्रा तय गर्दा भोटिङका लागि शंकर निकै सक्रिय बनेका थिए । गायनमा आफ्नो ईच्छा भएकै कारण आफ्नो परिवार सांगीतिक क्षेत्रमा जमेको हेर्ने ठूलो रहर रहेको उनले सुनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ