कक्षा ११ र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा ११ र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

rastriya parichhya board

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार २०७६ बैशाख १५ देखी सुरु हुने कक्षा १२ को परीक्षा बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा बैशाख २९ बाट जेठ ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ