आइतबार राति पृथ्वीराजमार्गको बन्दिपुर गाउँपालिका बिमलनगरबाट तनहुँ प्रहरीले भारी मात्रामा लागु औषध सहित ३ व्यक्ति पक्राउ गरेको छ ।
सुनौलीबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ७१०५ को रात्री बसमा सवार धर्मेन्द्र मल्लाहको साथबाट लागूऔषध पक्रिएपछि उनकै बयानका आधारमा प्रहरीले धादिङ घर भई हाल पोखरा ८ बस्दै आएका १८ वर्षीय बिशाल थापा मगर र उनका साथी गोरखा घर भई हाल पोखरा ८ बस्ने बर्ष १८ को मनिष कुँवरलाई पक्रउ गरेको हो । रुपन्देही सम्मरीमाई गाउँपालिका ५ घर भएका २७ वर्षीय मल्लाहको पेट र कम्मरको भागबाट पत्रिकामा बेरी राखेको राखेको अवस्थामा प्रहरीले लागु औषध फेला पारेको हो ।

पक्रउ परेकासंग थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गोप्य सूचनाको आधारमा प्रहरीले बिमलनगरमा आकस्मिक चेक पोइट खडा गरेको थियो । प्रहरीले मल्लाहको शरीर तलासी लिदा उनको साथबाट डाईजेपाम सिसि १०० एम्पुल, फेनरागन सिसि १०० एम्पुल र नुफिन सिसि १०० एम्पुल गरी जम्मा ३०० थान लागु औषध बरामद गरीएको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धर्मेन्द्र मल्लाहले उक्त लागु औषध आफ्नो नभएको बताएका हुन् । उनले लागु औषध कास्की पोखरा बस्ने बिशाल थापा मगर र मनिष कुँवर भन्ने ब्यक्तीले आफुलाई आइएमइ बाट पैसा पठाई मगाएको प्रहरी सामु बताएका हुन् ।
राजेन्द्र परियार/दमौलीबाट ।
http://gandaknews.com/laguausadh/
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते