शुक्रबार मध्येरातमा पृथ्वी राजमार्ग स्थित घाँसीकुवामा प्रहरी चेक जाँचको क्रममा तनहुँ प्रहरीले लागु औषध सहित २ ब्यक्ति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. ७ घर भई तनहुँ व्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३३ को लक्ष्मण दनुवार र चितवन भरतपुर महानगरपालिका वडा नं. १८ घर भई हाल पोखरा बस्ने बर्ष ३० को मिन बहादुर तामाङ रहेका छन् ।
सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको लु १ ख ७१०५ नं. को रात्री बसमा र भैरहवाबाट पोखरा तर्फ आउँदै गरेको लु १ ख ६९२२ नं. को बसमा सवार उनीहरुबाट प्रहरीले लागु औषध पक्राउ गरेको हो ।
प्रहरीले लक्षमण दनुवारको साथबाट डाइजापाम शिशी थान ३०, पेनेरोगेन शिशी थान ३० र नोफिन शिशी थान ३० गरी जम्मा ९० शिशी र मिन बहादुर तामाङको साथ बाट डाइजापाम शिशी थान १५, पेनेरोगेन शिशी थान १५ र नोफिन शिशी थान १५ गरी जम्मा १३५ थान लागु औषध फेला परेको छ । उनीहरु बिरुद्ध लागु औषधी मुद्धा दर्ता भएको र अदातलबाट म्याद थप गरी अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
राजेन्द्र परियार/दमौलीबाट ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते