अब लिफ्ट चढेर विन्ध्यवासिनी मन्दिर दर्शन, फागुनको पहिलो साता देखि सुरु

अब लिफ्ट चढेर विन्ध्यवासिनी मन्दिर दर्शन, फागुनको पहिलो साता देखि सुरु

bindabasini lift

पोखरा । आउँदो फागुनको पहिलो साता देखि पोखराको बिन्ध्यासिनी मन्दिरमा लिफ्ट चढेर जान पाइने भएको छ । सकरभर फागुन १ मा नै सेवा सुरु गर्ने नत्र पहिलो हप्ताबाट लिफ्ट सेवा सुरु गर्ने तयारी भइ रहेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी दर्शन गर्न आउँने भक्तालुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरेको उनले सुनाए । लिफ्ट सेवा सुरु भए पछि मन्दिर दर्शन गर्न आउँने भक्तालुलाई सजिलो हुने अपेक्षा लिएको उनले बताए ।

‘विशेष गरि अपाङग, बुढाबुढी र धेरै तौल भएका भक्तालुलाई मन्दिर जान गाह्रो छ,’ उनले भने, ‘यस बारै अरु विकल्प पनि सोचिएको थियो । तर, भौगोलिक बनावटको हिसाबले पनि यही विकल्प उत्तम विकल्प हो भन्ने निष्कर्षमा पुगेर लिफ्ट सेवा सुरु गर्न लागेका हौं ।’

लिफ्ट निमार्णको कुल लागत ८० लाख रुपैयाँ अनुमान गरे पनि १ करोड हाराहारीको लागतमा लिफ्ट निमार्ण भएको उनले जानकारी दिए । लिफ्टको पोखराका औद्योगिक घराना लक्ष्मी हाउसको सहयोगमा बनेको हो ।

गन्थन डटकमबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds