पोखरा । यही माघ १५ गते देखि सुरु हुने छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता २०७५ को तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा जापान र क्यामरुनका दुई विदेशी सहित १२ टिम सहभागि हुने भएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । मंगलबार उद्घाटन खेल एपिएफ बिरुद्ध हिमालयन शेर्पा क्लव बिच खेल हुने भएको छ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लव मनाङ मस्याङदी क्लव, संकटा क्लव, थ्रि स्टार क्लव, नेपाल आर्मी, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ, हिमालयन सेर्पा, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेकाछन्। त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागी हुने भएको एन्फा कास्कीका अध्यक्ष गुरुङले बताए ।
प्रतियोगिताको विजेतालाई उपाधि सहित ७ लाख ५५ हजार रुपैयाँ र उपबिजेताले ४ लाख ५ हजार प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जना खेलाडीलाई पुरस्कार स्वरुप मोटरसाइकल सहित सम्मान गरिने एन्फा कास्कीले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाए । मनकामना केबुलकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताबाट १ करोड २८ लाख आम्दानी गर्ने लक्ष्य राखिएको कार्कीले जनाए । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १७ लाख खर्च लाग्ने उनले बताए ।
एन्फा कास्कीले प्रतियोगिताका लागी २ हजार सिट क्षमताको अस्थायी प्यारापिट (स्काई फोल्डिङ) निमार्ण गर्ने जनाएको छ । एन्फा कास्कीले करिब ८ लाख खर्चिएर हरियो फुटवल मैदान तयार पारेको एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकारले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने