धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
बेपत्तामा हुनेमा स्थानीय १७ वर्षीय धनबहादुर तामाङ र उनका ४२ वर्षीय भिनाजु नुर्बु तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा शुक्रबारदेखि लगातार हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भइरहेका स्थानीयले जनाएका छन् ।
हिमपातबाट बच्न उनीहरु ओढारमा गएको बेला पहिरो गइ पुरिएको आशंका गरिएको छ। भेडा सहित सालाभेना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेपत्ताको खोजीका लागि सेर्तुङचौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। सदरमुकाम धादिङवेशीबाट बेपत्ताको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकाललाई हेलिकप्टरमार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् ।
यसैबीच, धादिङका सांसद जगत सिंखडा र पूर्वमन्त्री बुद्धिमान तामाङ घटनास्थल पुगेर अवलोकन गरेका छन् ।



सन्दर्भ सामाग्री: अन्नपूर्ण पोष्टबाट । फोटो सौजन्य : जस थापा तामाङ
सम्बन्धित खबर
अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या
चोर भनेर प्रतिकार गर्दा छोराको मृत्यु, बाबुआमा घाइते
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम