तनहुँ । शुक्रबार राति परेको चट्टयाङका कारण तनहुँमा एक युवतीको ज्यान गएको छ ।
ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा स्थित माईत आएकी २० वर्षीया मीनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा रहेको छ । घटनास्थल सदरमुकाम दमौलीबाट बसमा करिब ४ घण्टाको दुरीमा रहेको छ ।
यसैबीच, आफै सवार ट्याक्टरले किचेर गएराती तनहुँमा एक युवकको ज्यान गएको छ ।
घुमाउने–दमौली सडक खण्डको भित्री बाटोमा रहेको व्यास १३ बेलबासमा ग १ ट ४६७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा गुल्मी साबिक फोक्सिङ गाविस वस्ने २० वर्षिय सुर्य नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतक नेपाली ट्याक्टरका सहचालक हुन् । मृतकको शब दमौली अस्पतालमा रहेको छ भने चालक र ट्याक्टर प्रहरी नियत्रणमा रहेका छन्।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते