गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको बीच भागबाट बग्ने सेती नदीको रामघाटमा जथाभावी बालुवा, गिटी निकाल्दा वरपरको क्षेत्र बर्सेनि भासिँदै छ । उक्त क्षेत्र कमजोर भएकाले नदीजन्य वस्तु उत्खनन् गर्न नहुने भए पनि स्थानीय तहले ठेक्का लगाएरै उत्खनन् गर्न दिएर वरपरको बस्तीलाई समेत जोखिम निम्त्याउँदै छन् ।
सेती नदीको रामघाटमा बालुवा गिटी निकाल्न महानगरले देवचुली कन्सट्रक्सनलाई यो वर्ष ६ करोड ३० लाख रुपैयाामा ठेक्का दिएको छ । ठेक्का सम्झौतामा दुबै तर्फको डिलबाट २० मिटर छोडेर एक मिटर गहिराई सम्म उत्खनन् गर्न पाइने सर्त छ । तर ठेकेदार कम्पनीले महानगरसँगको सम्झौताविपरीत पनि उत्खनन् गरिरहेको छ ।
यो वर्ष मात्र होइन, पछिल्ला २० वर्षयता सेतीको रामघाट क्षेत्रमा बालुवा गिटी निकाल्ने क्रम अनियन्त्रित बनेको छ । जसको कारण यस क्षेत्रमा सेती नदी २० मिटरभन्दा बढी गहिरीन पुगेको छ भने वरपरको भाग भासिादै गएको छ । पहिले जिल्ला विकास समितिले दिने ठेक्का यस वर्षदेखि पोखरा महानगरले दिन थालेको हो । तर ठेक्का सम्झौताअनुसार सर्त पालना भए नभएकोबारे प्रभावकारी अनुगमन कसैले गरेको छैन ।
पोखराको भूबनोट करिब १५ हजार वर्षअघि अन्नपूर्ण हिमालय क्षेत्रबाट आएको बाढीले ल्याएको ग्राभेलबाट बनेको भूगर्भ विद्हरु बताउाछन ।
सेती वरपरको संरचनाचाहिा ११ सय वर्षअघि आएको बाढीले बनेको र यो पनि निकै कमजोर रहेको जर्मन र नेपाली भूगर्भविद्ले गरेको अध्ययनले देखाएको छ । गहिरिादै गएको सेतीको संरक्षण गर्नुको साटो उल्टै जथाभावी बालुवा गिटी उत्खनन् गर्दा गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराले कुनै पनि बेला ठूलो क्षति बेहोर्नुपर्ने विज्ञको चेतावनी छ ।
भिडियो रिपोर्ट, कान्तिपुर टिभीबाट
.
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो