नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङको जिल्ला अस्पतालमा बिरामीको संख्या घटेका छन् । चिसो बढे संगै स्थानीय जाडो छल्न अन्यत्र गएपछि मनाङ जिल्ला अस्पतालमा बिरामीको संख्या घटेको हो ।
बिरामीको संख्या घटेता पनि जिल्ला भित्र रहेका बाकीँ स्थानीय, कर्मचारी, नेपाली सेना, प्रहरी जवान लगाएत भने चिसोका कारण रुघा, खोकीका समस्या लिएर जिल्ला अस्पताल आउने गरेका जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डा.योगेश राज पन्तले बताए ।
हाल दैनिक १० देखि १५ जना सम्म रुघाँ खोकीका कारण जिल्ला अस्पताल जचाउन तथा औषधी लिन आउने गरेका पन्तले बताए । रुघा खोकी का बिरामीहरु आए पनि रुघा खोकी त्यस्तो ब्यापकरुपमा भने नभएको पन्तले भने । जिल्ला स्वास्थ्य कार्यालय मनाङका कार्यालय प्रमुख डा.योगेश राज पन्तका अनुसार चिसो बढेकोले चिसोबाट बच्न र बालबालिका र बृद्ध बृद्धाहरुलाई चिसोबाट बचाउन सम्पुर्णमा आग्रह समेत गरेका छन ।
पन्तका अनुसार चिसोबाट बच्न न्यानो कपडा लगाउने, दिउँसो घाम लागेको समयमा घाम ताप्ने,बिहान बेलुका चिसोमा नहिडने, बालबालिकाहरुलाई बिषेश गरी न्यानो बनाई राख्ने,आगो बाल्दा र हिटर ताप्दा बिषेश साबधानी अपनाई ताप्ने, तातो पानी धेरै पिउने, चिसो समयमा पानी पिउनु अति आवश्यक रहेको र पानी शरिरमा पानी कम भएमा स्वास नली सुख्खा भएर रुघा खोकी लगाएतका सक्रमण हुने सम्भावना धेरै हुने समेत जिल्ला स्वास्थ्य कार्यालय मनाङका कार्यालय प्रमुख डा.योगेश राज पन्तले बताए । तस्बिर उपल्बध छ ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो