किरण श्रेष्ठ, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा समानान्तर कार्यसमिति गठन गरेको छ । नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन सम्पन्न बुधबार दमौलीमा भव्यताका साथ सम्पन्न भएको छ ।
विशेष जिल्ला अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले गरेका थिए । नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा नेपालि कांग्रेसको संगठन ९ जनाको समुह बनाएर आफुले सुरुवात गरेको बताए । सोहि अवसरमा उनले भने,“अहिले नेपाली कांग्रेस तनहुँमा शुन्यको अवस्थामा पुगेको छ ।“ नेपालि कांग्रेसको जिल्ला तनहुँ अहिले जिल्ल परेको छ जोशीले भने अहिलेको यो अवस्था लाई पुनस्जिवित गर्न लाई फेरी अहिले आफुले जनता कार्यकर्ताको अगाडी विशेष जिल्ला अधिवेशन मार्फत तनहुँ जिल्ला लाई नेपाली काङ्ग्रेसको गढ, काङ्ग्रेसको किल्ला कायम गर्न कम्मर कसेर विशेष जिल्ला अधिवेशन गरेकोको उनले बताए ।
आज मनपरी तन्त्र, मनपरि प्रवृती र हैकमवादी नितिले गर्दा तनहुँमा नेपाली काङ्ग्रेस अस्तित्व बिहिन हुन पुगेको छ । त्यसैले नेपाली काङ्ग्रेसको अस्तित्वलाई बचाउनको लागी हामी जुट्नुपरेको हो । नेपाली काङ्ग्रेसमा इमान्दार र सच्चा कार्यकर्ताले स्वाभिमान गुमाउनु परेको नेता जोशीले बताए । नवगठित काङ्ग्रेस तनहुँको नेतृत्वले कार्यकर्ताको गुमेको मान सम्मान लाई पुनर्स्थापित गर्नेछ जोशीले भने । “हामी जनताका प्रतिनिधि हौ र हामीले जहिलेपनि माथि भरोसा राख्नुपर्छ“, जोशीले भने । आफ्नै कार्यकर्ता लाई अपमानित गर्ने काम सहन गर्न नसक्ने जोशीले सो अवसरमा बताए । “रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा लाई पोखरामा जोशीले विशेष जिल्ला अधिवेशनको नाममा एमाले र माओवादी (नेकपा) को कार्यकर्ता लाई दमौलीमा ल्याउदैमा तनहुँ काङ्ग्रेस नबिग्रने बताएको र अधिवेशन कार्यक्रममा उपस्थित सच्चा काङ्ग्रेस कार्यकर्ताको अपमान गरेको छ“, नेता जोशी बताए । अब पछि आफ्नो गाउँमा आउँदा आफू लाइ अपमान गर्ने नेता लाई गाउँ आउने अधिकार नभएको भनी भन्नुपर्ने उनले उपस्थित कार्यकर्ता लाई बताए ।
रामचन्द्र पौडेल लाई जनताले हराइसकेका छ्न अब काङ्ग्रेसले पनि तिरस्कार गर्नेछ र अब पौडेल लाई यो जिल्लामा बस्ने अधिकार नभएको जोशीले बताए । अब पनि यो जिल्लामा बस्न मन भए व्यास गुफा पारीको वृद्धआश्रममा गएर बस्दा तनहुँ र काङ्ग्रेसका कार्यकर्ताको कल्याण हुने जोशीले बताए । ३० वर्ष सम्ममा पनि एउटा राम्रो सुविधासम्पन्न अस्पताल र सरकारी कलेज पनि नभएको र पौडेलले जनता ढाटेको र अब पनि जनता ढाट्ने अधिकार नभएको जोशीको भनाइ थियो ।
जनताले आफू लाई अगाडि बढ्न र ठग प्रवृत्तिको अन्त्य गर्न अधिवेशन गरेको जोशीले बताए । देशको प्रजातान्त्रिक आन्दोलनमा तनहुँ काङ्ग्रेसको महत्वपूर्ण भुमिका थियो तर त्यो काङ्ग्रेसले किन हार्यो भन्दा काङ्ग्रेसको ६ जना उम्मेदवार एकआपसमा सहयोग नगरी आफै एक्लै जित्न तर्फ लाग्दा यसपालि निर्वाचनमा हार्न पुगेको नेता जोशीले बताए । कार्यकर्ता लाई नआत्तिन र नडराउन र आफु कार्यकर्ताको साथमा रहेको जोशीले सो अवसरमा बताएका थिए ।
आज बाट बिगतको नेपाली काङ्ग्रेस तनहुँ विघटन भएको अब नयाँ कार्यसमिति डिल्लीराम अधिकारि नेतृत्वको कार्यसमिति आधाकारिक भएको जोशी तनहुँका सम्पूर्ण संघसस्था लाई जानकारी गराए । “विधि विधान भनेको जनताको तागत हो र यो जनताको हातमा हुन्छ त्यसै जनताको तागत लत्याउन खोजे तानाशाहि नेता अन्त्य हुनेछ“, जोशीले भने । “अब यस लगत्तै क्षेत्रीय र गाउँ अधिवेशन गरि नेपाली काङ्ग्रेसको संगठन लाई पहिले जस्तै बलियो बनाई आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस लाई अत्यधिक मतले विजयी गराउने अभियानमा जुट्नेछौं“ नेता लाई जोशीले बताए । यो अभियानले अधिनायकवादि प्रवृत्ति लाई अन्त्य गरि नेपाली काङ्ग्रेस लाई मजबुत गराउने काङ्ग्रेस नेता जोशीले बताए ।
https://youtu.be/yXvcyannHNs?t=18
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी