किरण श्रेष्ठ, तनहुँ । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहले जिल्लाको पार्टी नेतृत्व असक्षम भएको भन्दै आव्हान गरेको विशेष जिल्ला अधिवेशन आज दमौलीमा हुदैछ । दमौलीको सफासडक र अनसन चौतारी लगाएत क्षेत्रका बत्तीको पोल तथा रुखमा जोशीको फोटो सहित झण्डा झुण्डाइएको छ ।
जोशीको विशेष जिल्ला अधिवेशनको तयारि पुरा भएको नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले बताए । “विशेष जिल्ला अधिवेशन हाम्रो वैधानिक कार्यक्रम हो यधपी यसलाई विथोल्नको लागि धेरै किसिमका प्रयासहरु भएका छन तर इमान्दार र सच्चा कांग्रेसहरुको भेला भएको हुदा कसैले केहि गर्न सक्ने अवस्था छैन”, कांग्रेस नेता जोशीले बताए ।
“ठुलो संख्यामा क्रियाशील सदस्य र पार्टिका प्रतिनिधी साथिहरुको उपस्थिति हुन्छ र अधिवेशन सम्पन्न गरिसके पछि ठुलो जनभेलाले दमौली बजार परिक्रमा गरेर निर्वाचित पदाधिकारिलाई पदस्थापना गर्न कांग्रेस पार्टि कार्यालय जानेछौ” नेता जोशीले भने ।
नयाँ निर्वाचित पदाधिकारीहरु लाई पार्टी कार्यालय हस्तान्तरण गर्न कांग्रेस नेता जोशीले कांग्रेसका वर्तमान नेतृत्व लाई अनुरोध गरेका छन । यदि वर्तमान नेतृत्वले अब निर्वाचित भएर जाने प्रतिनिधिहरु लाई पार्टि कार्यालय नदिनु भनेको अत्यन्तै असम्बैधानिक र गैरकानुनिक कुरा हुने नेता जोशीले बताए ।
जोशी समुहले पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै आज माघ ८ गते विशेष अधिवेशन आयोजना गरेका हुन । जोशीनिकट समूहको कांग्रेस तनहुँको पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सिटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि रहेको छ । जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरेका छन । तनहुँ कांग्रेसलाई बलियो बनाउन विशेष अधिवेशन बोलाइएको जोशीले बताए ।
कांग्रेसका नेता जोशीले भने, ‘पार्टी नेतृत्वले सही काम गर्न नसकेको साथीहरूले ठहर गरेकाले क्षेत्रीय प्रतिनिधिहरूले अधिवेशन घोषणा गरिएको छ ।अधिवेशनका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ ।
कार्यक्रममा दशौ हजार कार्यकर्ता उतारेर दमौली भर्ने
विशेष जिल्ला अधिवेशनको तयारि अन्तिम चरणमा पुगेको र अधिवेशन कार्यक्रममा दशौ हजार कार्यकर्ता उतारेर दमौली भर्ने कांग्रेस नेता गोविन्दराज जोशीले बताए ।
दमौलीको खुल्ला मैदानमा आज मंगलबार हुने कार्यक्रममा तनहुँका १० वटै स्थानिय तहका सबै वडा तथा गाउँबाट क्षेत्रिय प्रतिनिधीहरु र क्रियाशील सदस्यहरु सहभागिता हुने जोशीले बताए । विशेष जिल्ला अधिवेशन लागि प्रचारप्रसार अन्तिम भएको जोशीले जानकारी दिए ।
प्रजातन्त्रमा जनता सर्वेसर्वा हो, जनमतले रुचाएको कुरा कानुनको किताब समातेर हुँदैन : जोशी
रामचन्द्र पौडेलले निर्वाचनको समयमा खालि टिकट लिएर जिल्लामा आफुखुशी संसदीय दलको निर्णय विपरित टिकट लिएर चुनाव लड्दा वैधानिक हुने तर कांग्रेसको विधानमा भेला गर्न नहुने नलेखेको कुरा कसरि अवैधानिक हुन्छ”, नेता जोशीले कांग्रेस नेता पौडेल लाई प्रश्न गर्छन ।
यस्तो भेला नगर्नु भनेर नेपालको कानुन र कांग्रेसको विधानमा समेत नलेखेको नेता जोशीले बताए । संविधानले नै बिना हातहतियार भेला हुने अधिकारि सबै लाई दिएको जोशीले बताए । त्यसैले विशेष जिल्ला अधिवेशन पुर्णतय वैधानिक भएको उनले दावी गरे ।
“प्रजातन्त्रमा जनता सर्वसराह हो त्यसैले जनमतले रुचाएको कुरा कानुनको किताब समातेर हुदैन”, कांग्रेस नेता जोशीले बताए । २०४६ सालको संविधानमा गणतन्त्र ल्याउन पाइन्छ आन्दोलन गरेर भनेर कहाँ लेखेको थियो र ? पन्चायतको संविधानमा बहुदल दिनुपर्छ भनेर नलेखेको जोशिले बताए । जनता लाई अहिले तनहुँ काङ्ग्रेसको नेतृत्व मन परेन र नेपाली काङ्ग्रेसको समर्थक र कार्यकर्ताले अहिलेको नेतृत्व लाई छोड्न भनेको जोशीको भनाइ थियो । निर्वाचनमा नयाँ कार्यसमिति आएपछी तनहुँ काङ्ग्रेस वैधानिक हुने काङ्ग्रेस नेता जोशीले बताए ।
प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता जोशीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। तनहुँमा कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच लामो समयदेखि राजनीतिक दुशमनी कायम छ ।
सम्बन्धित खबर
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
तनहुँमा श्रीमानले गरे अचानोले हानेर श्रीमतीको हत्या
तनहुँमा सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ
बन्दीपुर केबलकारको स्पष्टिकरणः नियमित सर्भिसिङ गरिएको हो, कुनै दुर्घटना र क्षती भएको छैन
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर