नेपाली कांग्रेसभित्र अनुशानहिनता बढेको छ : सभापति देउवा, गोविन्दराज जोशीको विशेष जिल्ला अधिवेशन विधान विपरीत

नेपाली कांग्रेसभित्र अनुशानहिनता बढेको छ : सभापति देउवा, गोविन्दराज जोशीको विशेष जिल्ला अधिवेशन विधान विपरीत

congress

किरण श्रेष्ठ, तनहुँ । नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले कांग्रेस भित्र अनुशानहिनता बढेको बताएका छन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँले आइतबार दमौलीमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

कांग्रेस तनहुँको पार्टि कार्यालयमा आयोजित सभा लाई सम्वोधन गर्दै उनले कार्यकर्ता लाई अब एक भई लाग्न अनुरोध गरेका छन । चुनावमा आफ्नो पार्टीले हारे पनि निराश नभएको उनले बताए । सबै कांग्रेसजन एकजुट भएर अगाडि बढ्नु पर्ने उनले बताए । “देश भरि नै अहिले छाडातन्त्र बढेको छ”, देउवाले भने । कांग्रेसले सबै जातजाति लाई आरक्षण दिएको सभापति देउवाले बताए । पार्टिमा ३३ प्रतिशत महिला सदस्य भए मात्रै ३३ प्रतिशत महिला अधिकारको कुरा गर्नुपर्ने उनको भनाइ भनाइ दिए । सबै जना एकबद्ध भएर लागेमा पार्टिले कुनैपनि हालतमा नहार्ने उनले बताए ।

विशेष अधिवेशनले कसैलाई फाइदा हुदैन

तनहुँ कांग्रेसबाट असन्तुष्ट रहेका गोविन्द राज जोशी पक्षधरले यहि माघ ८ गते तनहुँमा विशेष अधिवेशन गर्दैछ । उक्त विषय लाई लिएर सभापति देउवाले सो अधिवेशनले पार्टि र कसैलाई पनि फाईदा नहुने उनले बताए । सबै नेता कार्यकर्ताहरु आ आफ्नो अनुशानमा बस्नुपर्ने उनले बताएका थिए । पार्टिका कुनै पनि सदस्यहरु लाई अन्याय भएको भए पार्टीले हेरेर समाधान गर्ने उनले बताए । गुट उपगुट भन्दा पनि सबै जना एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

“तनहुँ कांग्रेस पार्टिका लागि लडेको जिल्ल्ला हो र तनहुँ कांग्रेसको किल्ला नै हो”, देउवाले भने । सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर-५ स्थित नेपालकै एकमात्र स्वासप्रस्वास उपचार केन्द्र जिपि कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रलाई सङ्घीय सरकारको मातहतका अस्पतालको सूचीबाट हटाउने निर्णयकाे सभापति देउवालेले गम्भिर आपत्ति जनाएका छन् । महान व्यक्तिको नाममा स्थापना भएको अस्पताल तथा संघ सरकारले खारेज गर्न खोज्नु मुर्ख्याइपुर्ण काम भएको देउवाले बताए ।

देशमा हत्या हिँसा र बलात्कारको घटना दिनदिनै बढ्दै गइरहेको र अहिलेको सरकारले नै अपराधिक क्रियाकलापमा संलग्न त्यस्ता व्यक्ति लाई आरक्षण दिएर राखेको देउवाले बताए । सरकारले कर बढाएर जनता लाई दुख दिएको उनको भनाइ थियो ।

हारको कारण आन्तरिक झगडा : महामन्त्री कोइराला

नेपाली काङ्ग्रेसले गत सम्पन्न निर्वाचनमा हार व्यहोर्नुको एक मुख्य कारण पार्टी भित्रको आन्तरिक झगडा भएको काङ्ग्रेस महामन्त्री शसांक कोइरालाले बताए । कार्यकर्ता भेटघाट कार्यक्रममा अब पनि काङ्ग्रेस एकबद्ध भएर अगाडि नबढे ठुलो दुर्घटना हुने उनले बताए । नेपाली काङ्ग्रेस पार्टीको विधानले नदिने कुरा विशेष अधिवेशन हुन नसक्ने कोइरालाले बताए । असन्तुष्ट गुठ लाई पनि बोलाएर वार्ता बाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो । यसो नभएको खण्डमा पार्टी व्यथितीमा पुग्ने उनले बताए । विशेष अधिवेशनको तयारी नगर्न अनुरोध गर्दै वार्तामा आउन उनले जोशी पक्षलाई अनुरोध गरेका छ्न ।

विधि र विधान अनुसार चल्नुपर्छ : श्रेष्ठ

पार्टी विधि र विधान अनुसार चल्नुपर्ने नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले बताए । श्रेष्ठले पार्टीमा भागबन्डाको अन्त्य गरि योग्य व्यक्ति लाई सहि पद दिनुपर्ने बताए । काङ्ग्रेसको विधि र विधान अनुसार नचल्ने वा नमान्ने लाई कारवाही हुनुपर्ने बताए ।

गुटबन्दीको अन्त्य गरौं : पुर्वमन्त्री महत

नेपाली काङ्ग्रेसमा गुटबन्दीको अन्त्य हुनुपर्ने केन्द्रिय सदस्य एवं पुर्वमन्त्री रामशरण महतले बताए । उनले पहिलेको कमि कमजोरी सुधार गर्दै अब एकबद्ध भइ अघि बढ्न अनुरोध गरेका छ्न । व्यक्तिवादको अन्त्य काङ्ग्रेस भित्र हुनुपर्छ महतले भने । विधि अनुसार काम हुनुपर्ने उनले बताए । काङ्ग्रेस भनेको विधिको शासनमा विश्वास गर्ने पार्टी हो महतले भने । विधि लाई नाघेर कुनैपनि काम गर्नुहुदैन र नगर्ने विश्वास लिएको महतले बताए ।

विशेष अधिवेशन वैधानिक हुदैन : पुर्वमन्त्री भण्डारी

तनहुँ काङ्ग्रेस बाट असन्तुष्ट रहेका समुहले गर्न लागेको विशेष अधिवेशन वैधानिक नहुने नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले बताए ।

सबै पक्ष पार्टीमा समेटिनुपर्छ भण्डारीले बताए । गुनासो के छ, अन्याय के के छ्न ती सबै कुरा पार्टीमा छ्लफल हुन जरुरी छ । पार्टीको विधान विधि भित्र रहेर काङ्ग्रेस लाई सुधार गर्नु पर्छ अनि मात्र व्यक्ति आफ्नो सोच्नु पर्छ । पार्टीको पद्धति अनुसार चल्न नसके पार्टी कुन दिशामा जान्छ त्यो थाहा नहुन सक्छ उनले भने ।

न्यायको क्षेत्रमा नाङ्गो हस्तक्षप गर्दै अहिले सरकारले ताण्डव नृत्य मच्याइरहेको भण्डारीले बताए । तनहुँको ६ वटै सिट काङ्ग्रेसले हार्नुको पछाडीको कारण के हुन त्यो छ्लफल हुन जरुरी छ । गम्भीर समिक्षा गरिरहेको र गर्ने उनले बताए ।

पार्टीको विधान विपरीत जानेलाई कारबाही हुनुपर्छ : पौडेल

पार्टीको विधान विपरीत जाने लाई कारबाही हुनुपर्ने नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले बताए । आन्तरिक प्रतिस्पर्धा व्यस्त हुदा पार्टी अगाडि बढ्न नसकेको पौडेए बताए । लोकतन्त्रको पक्षमा तनहुँबासी अझै छ त्यसले अहिले पनि सबैको सहयोग जारी छ । “पार्टी विधानले चल्ने हो त्यसैले पहिले व्यक्ति होइन पार्टी बारे सोच्नुपर्छ”, पौडेल । कमि कमजोरी भएका छन त्यसलाई सच्याउन जरुरी रहेको पौडेलले बताए । पौडेलले भने आफै आफैमा लडे अरु पार्टी संग लड्न सक्दैनौ हामीले त्यसैले अब सचिन्नु जरुरत रहेको छ काङ्ग्रेस ।

सिद्धान्त र निति विपरीत विशेष अधिवेशन : वाग्ले

नेपाली काङ्ग्रेसको सिद्धान्त र निति भन्दा विपरीत गोविन्द राज जोशी पक्षले विशेष अधिवेशन गर्न लागेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धुर्व वाग्लेले बताए । नेकपाको कार्यकर्ताको भिड देखाएर जोशीले विशेष अधिवेशन गर्न लागेको उनले बताए । पार्टीको निति भन्दा बाहिर जाने लाई कारबाही गर्नुपर्छ वाग्लेले भने । कार्यकर्ताको मन दुखेसो छ सबैको गुनासो सुनिनु पर्छ । यो अधिवेशन वैधानिक नहुने उनले बताए ।

विशेष अधिवेशन पार्टी विधान लाई चुनौती : सभापति न्यौपाने

गोविन्द राज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशनले नेपाली काङ्ग्रेस पार्टीको विधान लाई चुनौती दिएको नेपाली काङ्ग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले बताए ।

पार्टीको विधान लाई छलेर अघि बढ्ने प्रक्रिया तनहुँ बाट सुरुवात भइ देशैभर फैलिन सक्छ त्यसैले समयमै ध्यान पुर्याउनु जरुरी रहेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds