पोखरा, ६ माघ । पोखराको विध्यवासिनी, सराङकोट, कास्कीकोट, अन्नपुर्ण गाउँपालिका मोटरबाटोमा जनतासँग छलफल नै नगरी मापदण्ड तोक्न खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले सर्घष समिति समेत गठन गरेका छन् ।
विन्ध्यवासिनी देखी नौ डाडाँ सम्मको सडकको मापदण्ड अहिले सडक विभागको सेन्टरबाट ५–५ मिटर भए पनि महानगरले सेन्टरबाट १०–१० मिटर र थप दुईर दुई मिटर नालाका लागि मापदण्ड तोक्न लागेको भन्दै सर्घष समिति गठन गरेका हुन् ।
संघर्ष समितिको अध्यक्ष रामचन्द्र त्रिपाठी, उपाध्यक्ष हुमनाथ पराजुली, सचिब छबीलाल दाहाल, सह सचिब गंगा गिरी रहेका छन् । यसैगरी पोखरा महानगर पालिका २४, कास्कीकोटबाट सदस्यमा बिष्णु कुमार श्रेष्ठ, गणेशभक्त बस्ताकोटी, नरहरी दाहाल, मेघराज सुबेदी, डिल्लीराम सुबेदी, टिकाराम, शालिकराम पौडेल, टलक परियार, देवबहादुर परियार, दिपक अधिकारी, नारायण सुबेदी, देविका सुबेदी, गिरीधारी सुबेदी, चुडामणी सुबेदी, मानबहादुर कार्की, नविन बस्ताकोटी, गणेश पुरी, बामदेव बस्ताकोटी अन्नपुर्ण गाउपालीका–१ बाट सदस्यमा चेतभक्त लम्साल, नारायणी दाहाल, लक्ष्मी दाहाल, नवराज दाहाल, नरवहादुर बिक, दुर्गादत्त दाहाल, याम प्रसाद तिवारी, बुद्दी बहादुर कुवर, शिव प्रसाद दाहाल, हर्कबहादुर सुनार, पोखरा १८, सराङकोटबाट सदस्यमा गणेश गिरी, महेन्द्र अधिकारी, मिलन थापामगर, यदुराज रेग्मी रहेका छन् ।
चेतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले समिति गठन गरेको हो । सर्घष समितिले पोखरा महानगरपालीका, वडा नम्वर १, १८, २४ र अन्नपुर्ण गाउँपाललिकालाई आफ्ना मागहरु सहित ज्ञापनपत्र दिने र थप संघर्षका र्कायक्रम राख्ने जनाइएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो