पोखरा, ६ माघ । पोखरामा चोरी गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न ठाउँमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति र गिरोहरुलाई पक्राउ गर्न सफल भएको हो । शुक्रबार पोखरा ९ पृथ्वीचोकबाट शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन रापनी नगरपालिका ११ घर भई पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठ, वाग्लुङ जैमिनी नगरपालिका ९ घर भई पोखरा २५ हेमजा बस्ने २७ बर्षको खुमप्रसाद थापा र पोखरा ९ पृथ्वीचोक बस्ने २३ बर्षका गगन खवास छन् । उनीहरुले समूहमा मिलेर चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीका अनुसार उनीहरुले ६ घरमा लगातार चोरी गरेका थिए ।
आठ वटा ढोका फोडेर १५ मिनेटमै चोर्न पनि सफल भएका थिए ।
चोरी गर्न काठमाण्डौसम्म जाने गरेको अनुसन्धानबाट खुलेको छ। गण्डकी टेलिभिजनका सञ्चारकर्मी निरज पन्तको कोठामा चोरी गर्नेहरु पनि यिनीहरु नै रहेको प्रहरीले जनाएको छ ।
सुनिललाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा पोखराका विभिन्न ठाउँमा डेरा गरि बस्नेहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट भारतीय र कतारियन नोट सहित, विभिन्न कम्पनिको मोबाईल ४ थान, २ थान घडी, क्यामेरा १ थान, एसडी कार्ड १ थान, सुनौलो रङको धातु १७ टुक्रा, टप २ थान, मुन्द्रा २ थान, झोला २ थान, खुकुरी २ थान, फलामको छिनो १ थान र एउटा ह्यामर बरामद गरेको छ ।
कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो