धादिङ गोलाभञ्ज्याङ–टारीबेशी सडक ४ घण्टा बन्द

धादिङ गोलाभञ्ज्याङ–टारीबेशी सडक ४ घण्टा बन्द

dhading road (1)

धादिङ  । निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक ४ घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ ।

धादिङबेँसी–आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबँेसीसम्मको सडक आजबाट दैनिक ४ घण्टा बन्द गरिएको हो ।

धादिङबेँसी आरुघाट सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–१०, गोलाभञ्ज्याङदेखि टारीबेँसीसम्म सडक चौडा गर्नका लागि दैनिक ४ घण्टा बन्द गरिएको धादिङबेँसी–आरुघाट–गोरखा सडक आयोजना एवं लामा कन्सट्रक्सनले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

आजदेखि शुरु भएको सडक चौडा गर्ने काम माघ २८ गतेसम्म चल्नेछ । तबसम्म हरेक दिन मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहने छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता भएको थियो । निर्माणाधीन यस सडकखण्डमा ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण सडक अस्तव्यस्त बनेको छ ।

आगामी असार मसान्तसम्ममा काम सम्पन्न गर्ने कार्य पुनः शुरु गरिएको छ । सर्वसाधारणको सुविधाका लागि निर्माण भइरहेको सडक समयमै निर्माण हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदै आइरहेको छ । कूल रु ७० करोड ११ लाख ७३ हजारमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्र गर्ने जिम्मेवारी लिएको थियो ।

सडकको निर्माण सम्पन्न भए जिल्लाको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान र त्यस क्षेत्रको कृषिउपज बिक्रीका लागि सदरमुकामसम्म ल्याउनसमेत सजिलो हुनेछ । यस सडकमा हालका दिनमा दैनिक ५ सयको हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ