काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्ने समाचार प्रकाशित गर्ने अहिलेसम्म दुई अनलाइन सञ्चालक पक्राउ परेका छन् ।
क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई पक्राउ गरेको गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। यसअघि, नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिनगर बस्ने २४ वर्षीय श्याम रोका पक्राउ परिसकेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको एसएसपी सिंहले बताए । तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले प्रहरीमा आफ्नो चरित्रहत्या गर्ने र गलत समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी थिइन् ।
शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसँग जोडेर केही अनलाइनले यौन दुर्व्यवहारसँग जोडेर समाचार प्रकाशन गरेका थिए ।
सूचना विभागमा दर्ता भएको हुलाकी डटकमले पनि चरित्र हत्या गर्ने उक्त पोष्ट गरेको थियो । यद्यपी, अहिलेसम्म भने पक्राउ गरिएको जानकारी प्राप्त भएका छैन ।
सम्बन्धित खबर
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो