तनहुँ । छपेली सांस्कृतिक युवा परिवार बन्दिपुर–१ तनहुँको आयोजनामा भएको पाँचौं छपेली कप २०७५ सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु बुद्ध युवा क्लब एले जितेको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा न्यू बुद्ध एले फाईनल खेलमा न्यू बुद्ध बि लाई ४-२ गोल अन्तरले हराएको हो । प्रतियोगिताको उपाधि भानु नगरपालिका–१ स्थित न्यु बुद्ध यूवा क्लब ए ले जितेको हो । प्रतियोगितामा प्रथम हुने समुहले ६० हजार र दोस्रो हुने समुहले ३५ हजार पुरस्कार प्राप्त गरेका छन ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता न्यू बुद्धका अर्जुन परियार, सर्वोत्कृष्ट खेलाडी रित गुरुङ, उत्कृष्ट डिफेन्डर एक बहादुर गुरुङ, उत्कृष्ट गोल किपरमा आशिष गुरुङ र अनुशासित टिममा लमजुङको मिनाङ लाङ्घाली घोषित भएका छन ।
गत पुस २० गते बाट सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी संघीय कानुन तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकाल, विशिष्ठ अतिथि गण्डकी प्रदेशका आन्तरिक तथा गृहमन्त्री हरि बहादुर चुमान, सांसद कृष्ण कुमार श्रेष्ठ किसान लगाएतको उपस्थिती रहेको थियो ।
प्रतियोगिता छपेली सास्कृतिक युवा परिवारको आयोजनामा भएको हो । प्रतियोगिता समापन छपेली सास्कृतिक युवा परिवारका अध्यक्ष दल बहादुर थापाले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने