बिग न्यूज पोखरा, १ माघ। विवेकशील साझा पार्टीले केन्द्रिय समिति विस्तार गरेको छ । साथै, पार्टीले विभिन्न विभागमा संयोजक पनि तोकेको छ ।
गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा शुशिला केसी अधिकारी चयन भएकी छिन् । हरेक प्रदेशबाट ३ जना महिला केन्द्रिय सदस्यमा चयन गर्ने विधान अनुसार गण्डकी प्रदेशबाट सिफारिस भएकी उनलाई केन्द्रले अनुमोदन गरेको गण्डकी संयोजक महेश भण्डारीले बताए ।
पार्टीको केन्द्रीय समितिको बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सूर्यराज आचार्यले शुशिला केसी अधिकारी सहितका नाम सार्वजनिक गरेका हुन् । महिला केन्द्रीय समितिमा सुदुर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश ५ बाट सरस्वती पन्थी भुसाल चयन भएकी छन् ।
को हुन् शुशिला केसी अधिकारी ?
कास्कीकी शुशिला केसी अधिकारी होटल तथा पर्यटन व्यवसायी हुन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी अधिकारी पोखराको पिनाकीन होटलको संचालक तथा निर्देशक हुन् । उनी अन्नपूर्ण हस्पिटलकी संस्थापक पनि हुन् ।
एउटा बोर्डिङ्ग स्कुलको संस्थापक निर्देशक समेत रहेकी उनी पौलिनी कृषी फार्म (चितवन) को संचालक, लायन्स क्लब अफ सेती गण्डकी, पोखरा, तथा सामिप्य समाज नेपालकी पूर्व अध्यक्ष पनि हुन् ।
पोखराका अग्रज चिकित्सक डा. ध्रुबबहादुर अधिकारीकी धर्मपत्नी हुन् । राजनीतिक शास्त्रका पूराना प्राध्यापक ध्रुब केसीकी सुपुत्री हुन् ।
विभिन्न विभागका संयोजकहरु यस प्रकार छन् ।
यूवा र महिला संगठन निर्माण विवेकशील साझाले अब्दुस मियाँको संयोजकत्वमा विवेकशील साझा युवा संगठन र सोभिता परियारको संयोजकत्वमा विवेकशील साझा महिला संगठन गठन गरेको छ। संयोजक मिश्रलाई विदेश विभाग र पार्टीका केन्द्रीय विभागको पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
उमेद पुनलाई कोष संकलन, मुमाराम खनाललाई संगठन, किशोर थापालाई अभियान, सूर्यराज आचार्यलाई नीति तथा कार्यक्रम, केशव दाहाललाई प्रशिक्षण, किरणकृष्ण श्रेष्ठलाई सञ्चार, सामाजिक न्याय तथा समावेशीता प्रकाशचन्द्र परियारलाई, कानून निरुपमा यादव, उद्यमशीलता रमेश महर्जन, तथ्यांक राम साह, केन्द्रीय कार्यालयको प्रमुखमा मानवी पौडेललाई जिम्मेवारी तोकिएको हो।
प्रदेश संयोजक चयन पार्टीले केन्द्रीय समिति सदस्य समेत रहने गरी प्रदेश १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ।
सम्बन्धित खबर
पिक – अप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो