तनहुँ । भानु नगरपालिकाको विभिन्न वडाबाट बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा आइतबार मृत अवस्थामा फेला परेको छ ।
भानु नगरपालिका–२ स्थित देउराली सामुदायिक वनमा नरभक्षी भाले चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । दमाैलीबाट कृष्ण न्याैपानेले समाधान दैनिकमा लेखेका छन् ।
चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ३ बालबालिकाको मृत्यु भएको थियो । चितुवा नियन्त्रणका लागि मंसिर १५ गतेदेखि टोली परिचालन भए पनि चितुवा नियन्त्रणमा लिन सकिएको थिएन ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले मृत अवस्थामा फेला परेको चितुवा सोही नरभक्षी चितुवा रहेको पुष्टि गरे । उनले भने, ‘सिसी क्यामरामा कैद भएका तस्बिरका आधारबाट बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही रहेको पुष्टि भएको छ ।’
चितुवा नियन्त्रणका लागि वन क्षेत्रमा सिसि क्यामरा जडान गरी जंगलको विभिन्न स्थानमा पासो समेत थापिएको थियो । साथै चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जंगलमा फुट ट्रयाप समेत राखेको थियो । चितुवा नियन्त्रणका लागि दैनिक रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयको कर्मचारी र स्थानीय मानिसहरु वन क्षेत्रमा परिचालित थिए ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने